All Posts By खबर पलपल

    Showing १८१-१९० of १,०४२ items.
  • संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने लोकबहादुर कार्की सार्वाजनिक

    विराटनगर— सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई सर्वाजनिक गरेको हो ।उनलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ७९८ पटक पढिएको
  • संखुवासभा हत्या प्रकरणको विस्तृत विवरण सार्वजनिक गरिँदै

    विराटनगर-  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा भएको दर्दनाक हत्या प्रकरणको विस्तृत विवरण प्रहरीले आज बिहान सार्वजनिक गर्दै छ । एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको घटनाको अनुसन्धानमा प्रहरीले प्राप्त गरेको उपलब्धिसहितको विवरण सार्वजनिक गर्न लागिएको हो । त्यसका लागि प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीको उपस्थितिमा बिहान १० बजे संखुवासभाकै इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन राखिएको छ । हत्यामा पारिवारिक नाता सम्बन्धका २५ वर्षीय लोकबहादुर कार्कीको संलग्नता देखिएको प्रहरीले जनाएको छ । घटनाको सुरुवातदेखिका सबै विवरणसहित मुख्य अभियुक्त भनिएका लोकबहादुरलाई

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ४४५ पटक पढिएको
  • विराटनगरका नवोदितसहित चार जनालाई युवावर्ष मोती पुरस्कार समर्पण

    विराटनगर-  नेपाली साहित्यको महत्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कारबाट विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदित सहित चारजना पुरस्कृत  भएका छन । दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई नेपाल सरकार युवातथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवावर्ष मोती पुरस्कार–२०७७’ प्रदान गरिएको हो । पुरस्कारका रुपमा संयुक्त रुपमा ५० हजार राशि सहित स्वर्ण पदक र सम्मानपत्र रहेको छ । नवोदितलाई वरिष्ठ कवितुलसीदिवसले नगदसहित स्वर्ण पदक र सम्मान पत्र समर्पण गरे ।  कोषले नवोदितका साथमा सो पुरस्कार कवि, आख्यानक

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • ५२९ पटक पढिएको
  • प्रदेश १ मा शनिबार २ सय ७ जनामा कोरोना संक्रमण

    विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण देखिएको छ । ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६, धनकुटामा २, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३७, सुन्दरहरैचा र लेटाङमा ४–४, उर्लाबारीमा ३, केराबारीमा २, सुनबर्षी र ग्रामथानमा १–१, झापाको दमकमा ११, भद्रपुरमा ९,विर्तामोडमा ६, कचनकवलमा २, हल्दिबारी, शिवसताक्षी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • ३४५ पटक पढिएको
  • संखुवासभा हत्या प्रकरण : बौदमानका आफन्त पक्राउ

    विराटनगर-  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा भएको हत्या प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  एकै परिवारका ६ जनाको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा बौदमान कार्कीका छिमेकीसहित रहेका आफन्त पक्राउ परेका हुन् । घटनामा उनले संलग्नता स्वीकार गरिसकेका छन् । पक्राउ परेकाको विवरण प्रहरीले खुलाएको छैन । पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गर्ने तयारी प्रहरीको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बीसीले हत्यामा बौदमानका छिमेकी एवम् आफन्तकै संलग्नता देखिएपछि पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिको घर बौदमानकोबाट लगभग एक सय ५० मिटरको

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • ३६४ पटक पढिएको
  • प्रधानमन्त्री देउवा र एमसिसी उपाध्यक्ष फातिमाबीच भेट

    प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । सुमारले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेकी हुन् । भेटमा एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनासहित नेपाल र अमेरिकाबीचको सहयोगबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।यसअघि सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जा मन्त्री पम्फा भुसालसँग भेट गरेकी थिइन् । 

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ४८५ पटक पढिएको
  • दीर्घ रोगीलाई ओली सरकारको भन्दा बढी सुबीधा देउवा सरकारले दिने

    काठमाण्डौ -  अर्थमन्त्री शर्माको प्रतिस्थापन विधेयकअर्थमन्त्री जनार्दन शर्माले दीर्घकालिन दायित्व थप्ने गरि सामाजिक सुरक्षा भत्ता दिने कार्यक्रम ल्याएका छन्।शुक्रबार शेरबहादुर देउवा सरकारका अर्थमन्त्रीका हैसियतले शर्माले प्रस्तुत गरेको प्रतिस्थापन अध्यादेशले मुलुकलाई सामाजिक सुरक्षाको ट्रयापमा पारेको छ।शर्माले द्धन्द्ध पीडित परिवारलाई मासिक तीन हजार दिने कार्यक्रम ल्याएका छन्।यो कार्यक्रमले राज्यको ढुकुटीमा दीर्घकालिन ब्ययभार थपेको छ। राजनीतिक लाभका लागि गरिएको यो निर्णय तत्कालै हेर्दा राम्रो भएपनि दीर्घकालमा हानी पुर्‍याउनेछ।यसैगरी मृगौला प्रत्यारोपण गरेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ३३६ पटक पढिएको
  • एकिकृत समाजवादीका १० सांसदलाई निर्वाचन आयोगद्धारा मान्यता

    विराटनगर- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका १० जना प्रदेशसभा सदस्यलाई निर्वाचन आयोगले आज मान्यता दिएको छ । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश, २०७८ को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ दोस्रो संशोधन २०७८ को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १० सदस्यका हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश, २०७८० को दफा ३३ ९२ (क) बमोजिम दल त्याग गरेको नमानिने भएको हो । प्रदेश

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ३२० पटक पढिएको
  • प्रदेश १ मा कोरोना संक्रमणबाट ६ जनाले ज्यान गुमाए

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन । जसमा एक महिला र ५ पुरुष छन भने ३ सय ९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ११ र ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा ५, इलाम र संखुवासभामा २-२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३२, बेलबारीमा १६, पथरीशनिश्चरेमा ७, बुढीगंगामा ५, रतुवामाईमा ४, क

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • २८१ पटक पढिएको
  • विराटनगरबाट १० किलो गाँजासहित एक जना पक्राउ

    मोरङको विराटनगर महानगरपालिकाबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–७ का २४ वर्षीय सागर राई रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनकाल अनुसार बिहीबार बेलुका विराटनगर– ४ कन्चनबारीबाट उनलाई १० किलो गाँजासहित पक्राउ गरिएको हो । बेलुका साढे ८ बजे सिआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजासहित पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । 

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ९७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल