विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन । जसमा एक महिला र ५ पुरुष छन भने ३ सय ९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ११ र ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा ५, इलाम र संखुवासभामा २-२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।


मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३२, बेलबारीमा १६, पथरीशनिश्चरेमा ७, बुढीगंगामा ५, रतुवामाईमा ४, कटहरीमा २, रंगेली, उर्लाबारी, जहदा र केराबारीमा १-१, झापाको विर्तामोडमा ३४, कनकाईमा १८, मेचीनगरमा १३, शिवसताक्षीमा १२, दमकमा ११, अर्जुनधारा र भद्रपुरमा ८-८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३-३, गौरादह र गौरीगञ्जमा २-२, बुद्धशान्तिमा १, सुनसरीको इटहरीमा ५०, धरानमा ७, देवानगञ्ज र रामधुनीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३, चौवीसे र पाख्रिबासमा १-१, इलामको इलाम नगरपालिका र माईमा १-१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १-१, ताप्लेजुङको आठराई त्रिवेणी, उदयपुरको बेलका र खोटाङको स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय २१ महिला र २ सय ४ पुरुष रहेका छन् ।