विराटनगर–रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण चैत ६ देखि शहिद रंगशालामा हुने भएको छ । त्यसका लागि विराट गोल्डकप ट्रस्टले सोमबार विराटनगर महानगर प्रमुख नागेश कोइरालालाई प्रतियोगिताको संयोजक तोकेको छ ।महेन्द्र गोल्डकपका नाममा २०१८ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६२ र ६३ को राजनीतिक परिवर्तनपछि २०६७ देखि विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ । ट्रस्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार महेन्द्र गोल्डकपका नाममा ३८औं पटक र विराट गोल्डकपका नाममा छैटौं पटक आयोजना हुन लागेको हो ।प्रतियोगिताका सबै म्याच फ्लडलाइटमा रात्रिकालीन खेलाइने छ । त्यसका लागि शहिद मैदानमा प्
बिर्तामोड–नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र जावलाखेल नवौँ स्थानमा रहेका थिए ।त्यस्तै, दोस्रो खेल फागुन २२ गते नेपाल पुलिस क्लबविरुद्ध संकटा क्लबले खेल्नेछ । लिगमा पुलिस ११ औँ स्थान र संकटा सातौँ स्थामा रहेका टिम हुन् ।झापा गोल्ड कपको तेस्रो खेल पहिलो खेलको विजेतासँग एपिएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ
विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मोतीराम स्पोर्टिङ क्लबले जितेको छ । मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा मोतीरामले उर्लाबारी स्पोर्टिङ क्लबलाई ३-१ गोलअन्तरमा पराजित गर्दै लिग विजेता बनेको हो । मोतीरामका टेकबहादुर लिम्बूले ह्याट्रिक गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको १८ औं मिनेटमा मोतीरामका टेकबहादुर लिम्बूले गोल गर्दै अग्रता दिलाए । ४१ औं मिनेटमा पुनः लिम्बूले गोल संख्या दोब्बर पारे । ४५ औं मिनेटमा उर्लाबारीका लागि सौरज राउतले एक फर्काए । ७० औं मिनेटमा मोतीरामका लागि फेरी लिम
विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब र साइनो स्पोर्टिङ क्लब विजयी भएका छन् । मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा उर्लाबारीले नव प्रगतिशिल सेवा समाजलाई ४-१ गोलअन्तरमा पराजित गरेको छ । उर्लाबारीको जितका लागि सौरोज राउतले ह्याट्रिक गरे । दोस्रो खेलमा साइनोले युनाइटेड स्पोर्टिङ क्लबलाई ३-२ गोलमा पराजितत गरेको छ । साइनोका उत्तम शर्माले ह्याट्रिक गर्दै जित निकाले । आइतबारको पहिलो खेलमा उर्लाबारीका संजय धिमालले १६ औं मिनेटमा गोल गरे । उर्लाबारीका सौरोज राउतले खेलको ५५, ७२ र ७४ औं मिने
विराटनगर-मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुशील कँडेलको अवकाश पछि बिदाइ गरिएको छ । अवकास प्राप्त कँडेलको आइतबार विराटनगरमा बिदाइ गरिएको हो । खेलकुद कार्यालयमा रहेर उनले २५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएका थिए । कँडेलको बिदाइ गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइरालाले अबको जीवन यात्रा थप सुखमय रहने र खेलकुद क्षेत्रमा नै जीवन व्यतित हुन आशा गरेको बताए । कँडेलको खेलकुद कार्यालयको एउटा पद्धितबाट मात्रै बिदाइ भएको हो । तर, उनको योगदान खेलकुद क्षेत्रमा आवश्यक पर्ने भएकाले अझ थप सहयोग हुने कुरामा विश्वास रहेको उनले बताए । विगतको प्रदेश सरकारले खेलक
अर्जेन्टिना एवं फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राईकर लियोनल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डी ओर अवार्ड जितेका छन् । पेरिसमा सोमबार राति आयोजित भब्य समारोहबीच मेस्सीलाई अवार्ड प्रदान गरिएको हो ।सन् २०२१ को यस अवार्ड जित्ने क्रममा मेस्सीले पोल्याण्ड एवं जर्मन क्लब बायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्कीलाई पछि पारे । मेस्सीले ६१३ अंक प्राप्त गर्दा दोस्रो स्थानमा रहनुभएको लेवान्डोस्कीले ५८० र तेस्रो स्थानमा रहेका इटालीका जर्गिन्होले ४६० अंक प्राप्त गरेका थिए । लेवान्डोवस्कीलाई पहिलो पटक समावेश गरिएको सर्वोत्कृष्ट स्ट्राईकरको अवार्ड प्रदान गरियो ।यसअघि शीर्ष तीनमा
काठमाडौँ - आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तेस्रो खेलमा नेपालले कुवेतमाथि रोमाञ्चक जित निकालेको छ । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बिहिबार भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले हरायो । कुवेतले दिएको २८ रनको विजय लक्ष्य ३.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन बनाइन् । कुवेतकी मारिया जास्वीले एक विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो । कुवेतका लागि ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।कुवे
आइसीसी टी–ट्वान्टी विश्वकप २०२१ को फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो पटक विश्वकप उपाधी उचालेको छ ।दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४८ रनमा सर्वाधिक ८५ रनको योगदान दिएका थिए । जितका लागि १७३ रनको बलियो लक्ष्य लिएर ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सानदार जीत निकालेको हो ।अष्ट्रेलियाका मिचेल मार्श २० वलमा छ चौका र चार छक्कासहित ब्याट्सम्यान डेविड वार्नरले ३८ वलमा चार
विराटनगर-नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को आयोजनामा नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने निश्चित भएको छ । आगामी नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगिताका लागि टिमको टुंगो लागेको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । घमालका अनुसार द एभरेष्ट क्लब, नेपाली युथ अष्ट्रिया, एनईएससी, एनआरएनए एलसीसी लिन्ज, साल्ब्रुग भलिबल क्लब, धौलागिरी चेक रिपब्लिक र एनएफटी म्युनिक जर्मनीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको हो । एभरेष्ट क्लबबाट खिम कार्की, सुरेन्द्र प्रसाईं, गणेश थापा, झविन्द्रप्रसाद अर्याल,
विराटनगर- टी-ट्वान्टी विश्वकप २०२१ सुपर १२ अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि बलियो जीत निकालेको छ । युएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको न्युजिल्याण्ड २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमा समेटिएको थियो ।न्युजिल्याण्डलाई सस्तैमा समेट्न पाकिस्तानका तीव्रगतिका बलर हरिश रौफले चार ओभरमा २२ रन खर्चिएर सर्वाधिक चार विकेट लिन सफल भएका थिए ।१३५ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १८ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि पाकिस्तानले न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो ।पाकिस्तानका लागि महम्मद रिजवानले
विराटनगर-नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन् ...
विराटनगर-नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताएका छन् । विराटनगर महान ...
Copyright © 2021 / 2023 / Khabarpalpal.com / All Rights Reserved.