विराटनगर–नेपालको प्रष्तिष्ठीत औद्योगिक घराना गोल्छा अर्गनाइजेशनका सदस्य, हुलास मोटर्स तथा खाद्यान्नका संचालन सुरेन्द्र गोल्छा र नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ । सुरेन्द्र र शेखरकी माता  पुखराजदेवी गोल्छाको ८४ वर्षको उमेरमा मंगलबार राति साढे ९ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

पिशावमा भएको इन्फेक्सनको कारण उहालाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत अवस्थामा छैठौँ दिन उहाँ ब्रम्हलिन हुनभयो । 

नेपालमा औद्योगिकीकरणका अभियन्ता रामलाल गोल्छाकी उनी कान्छी बुहारी हुन । रामलालका २ छोरा जेठा हंसराज र कान्छा हुलासचन्दमध्ये उनी कान्छा हुलासचन्दकी श्रीमती हुन । पुखराजदेवीका चन्द्रकुमार, सुरेन्द्रकुमार, शेखर र सञ्जय गरी ४ छोरा छन ।  उनको माइती भारतको राजस्थानस्थित चाडवासमा हो । चाडवासको चोरडिया परिवारमा उनको जन्म विसं १९९७ चैतमा भएको थियो । उहाँको दाहसंस्कार बुधबार नै पशुपति आर्यघाटमा गरियो ।