विराटनगर–बुढीगंगा गाउँ पालिकामा पनि ‘नगर प्रहरी’ परिचालन भएका छन । गाउँ पालिकाले खुला प्रतिष्पर्धामार्फत छनौट भएका एक जना असइ सहित सात जना नगर प्रहरी परिचालन गरेको हो । छनौंट भएका सात जनालाई शसस्त्र प्रहरी बल ३ नम्बर कंकालिनी गण टंकी सिनुवारीले १५ दिन तालिम दिएको थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले जनता र गाउँपालिका बिचको सेतुको काम नगर प्रहरीले गर्नु पर्ने भएकाले नम्र, अनुशासित हुन आवश्यक रहेको बताए । प्रशिक्षण पुरा गरेर ड्यूटीमा खटिन लागेका नगर प्रहरी र शसस्त्र प्रहरीका प्रशिक्षकहरुलाई बधाइ तथा धन्यवाद ज्ञापन गर्दै कोइरालाले नगरको शा
विराटनगर–जोगवनी नाकाबाट नेपाल प्रवेश गर्न सक्ने हात हतियार र लागु औषध नियन्त्रणका लागि नेपाल प्रहरीको तालिम प्राप्त दुई कुकुर परिचालन गरिएका छन । बिहिबार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक कविन राईको कमाण्डमा खटिएको टोलिले रानी र जोगवनी सीमामा आउने मानिस, सवारी साधानहरुमा कुकुरद्वारा निरिक्षण र खोज तलास गराएको छ । मानिसले सजिलै फेला पार्न नसक्ने वस्तुहरू तालिमप्राप्त कुकुरले सजिलै पत्ता लगाउने गरेका छन् । नेपाल प्रहरीका विशेष तालिमप्राप्त कुकुरहरूले हाल कोशी प्रदेशका भारतीय सीमा क्षेत्रमा बन्दुक, विस्फोटक पदार्थ र लागुऔषधको खोजतलासलाई तीव्र बनाएका छन् ।विराटनगर भन्सार क्षेत्
विराटनगर–इजराइल र इरान बिचको मिसाइल युद्धको कारण बंकरमा बसेर आफ्नो ज्यान जोगाएर विभिन्न देश हुदै बिहिबार राति विराटनगर विमानस्थल उत्रिएका विराटनगर महानगरका मेयर नागेश कोइराला बोल्दाबोल्दै भक्कानिएका छन । इजराईल सरकारको निमन्त्रणामा जेठ २६ गते सहकारी र कृषि प्रविधिको प्रयोग एवं शहरी विकासको अध्ययनका भ्रमणका क्रममा रहेका मेयर नागेश कोइराला इजराइल पुगेको तेश्रो दिनबाट दुबै देशबिच युद्ध सुरु भएको थियो । युद्धको त्रसादी कहिल्यै अनुभव नभएका उनी त्यहाँको काहालिलाग्दो अवस्थाको वर्णन गर्दागर्दै भक्कानिएका थिए । मिलाईल खस्दै छ भन्ने साइरन बजेपछि बंकरमा गएर बस्नु पर्ने र मिसाई डिफ्यूज भएपछि या
विराटनगर–बुढीगंगा गाउँ पालिकाको वडानम्बर १ का वडाध्यक्षले जग्गा किनबेचको सिफारिस नदिदा जग्गा किन्ने र बिक्री गर्ने स्थानियले तनाव ब्यहोर्नु परेको छ । राजश्व संकलनको प्रमुख स्रोत रहेको जगगा किनेबेचबाट आउने राजश्व पनि प्रभावित बनेको छ । वडाध्यक्षको हठको कारण संविधानले व्यवस्था गरेको नीजि सम्पत्तिको अधिकारबाट समेत स्थानियलाई बञ्चित गर्ने काम भएको छ । वडाध्यक्ष सोमप्रसाद काफ्लेले जग्गा प्लटिङवाला गणेश थापासंगको प्रतिशोध साध्न जग्गाको किनवेचको सिफारिस दिन झमेला खडा गरेको पीडितहरुले बताएका छन । साविकको टंकी सिनुवारी ३ को ‘३ ङ’को ११० नम्बर कित्ताबाट किताकाट गरि दुई वटा घडेरी पास गर्न
विराटनगर–समाचारको वास्तविकतानै नबुझी एकपक्षिय ढंगले एक अनलाईनले समाचार प्रकाशित गरेको र समाचारको स्रोत र तथ्यप्रति आपत्ति जनाउदै खण्डन गरिदिन आग्रह गर्दापनि खण्डन नगरिएको कारण आफूले विज्ञप्ती मार्फतनै उक्त समाचारको खण्डन गरेको एक पीडितले विज्ञप्ती जारी गरि जनाएका छन ।बुधबार रातोपाटी अनलाइनमा प्रकाशित एक समाचारप्रति आपत्ति जनाउँदै मोरङका एक स्थानीय किसान सन्तोष फुयँल त्रिभुनाथले प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् । जेठ २१ गते बुधबार रातोपाटी अनलाइनले खोलाजन्य पदार्थ उत्खननसम्बन्धी समाचार प्रकाशित गरेको थियो, जसमा उनीसँग सम्बन्धित व्यक्तिहरूको नाम जोडिएको थियो ।उनले जारी गरेको विज्ञप्तिमा उल्ले
विराटनगर–गृहमन्त्री रमेश लेखकले सुरक्षा प्रमुखहरुलाई तीस दिन भित्रमा महसुस हुनेगरि सीमावारपार हुने तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छन । कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उद्योगी व्यवसायीको गुनासो सुनेपछि खुला सीमाको कारण भइरहेको तस्करी नियन्त्रण गर्न आवश्यक रहेको उल्लेख गर्दै सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन । बुधबार होटल एशियाटिकमा आयोजित भेलामा गृहमन्त्री लेखकले तस्करीले अपराध बढाएको र राजश्व घाटाएकाले मुलुकमा नराम्रो असर परेको भन्दै सुरक्षा प्रमुखहरुलाई तस्करी रोक्न निर्देशन दिदै नरोकीए गृहमन्त्रालय एक्सनमा जाने उल्लेख गरे ।
विराटनगर–संविधान र व्यवास्था विरोध गतिविधि कुनै पनि हिसावमा स्वीकार्य नहुने गृहमन्त्री रमेश लेखकले बताएका छन । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा लेखकले कुनैपनि वादका नाममा संविधान र गणतन्त्र विरोधी गतिविधिलाई स्वीकार्न सकिदैन । उनले भने‘जुनै तहमा पनि त्यसलाई स्वीकार गर्न सकिन्न । जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही गएमा त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ ।’विराटनगरमा निर्मीत मोरङ कारागारको नयाँ भवनको उद्घाटन, आइसीमा निर्माण भएको वायरहाउसको हस्तान्तरणका लागि विराटनगर आइपुगेका मन्त्री लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताए । उनले दश
विराटनगर–नेपाली उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले औद्योगिक विकास, कर सुधार र जारी आर्थिक संकटको समाधानलाई सम्बोधन गर्ने ३२ पृष्ठको दस्तावेज नेपाली कांग्रेसलाई बुझाएको छ ।सीएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले काठमाडौँमा कांग्रेस उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका महासचिव गगन थापालाई सुझाव पेश गरेको हो । कार्यक्रममा अध्यक्ष सारडाले देशको औद्योगिक क्षेत्र अस्तव्यस्त रहेको र तत्काल सुधारात्मक नीतिहरूको आवश्यकता रहेकोमा जोड दिए । उनले भन्सार नीतिहरूले चिनी, खाद्यान्न र कपास कपडा जस्ता दैनिक उपभोग्य वस्तुहरूको मूल्य अत्यधिक बढाएको उल्लेख
विराटनगर–नेपाली प्लाईउड उद्योगले भारतीय गुणस्तर कै मापदण्डमा उत्पादन सुरु गरेपछि भारतको गुणस्तर हेर्ने ब्यूरो अफ इण्डीयन स्टैडर्डले (बीआइएस)ले नेपालका ४७ मध्ये १० वटा उद्योगलाई निर्यातको अनुमति दिएको छ । यस अघि विराटनगरका दुईवटा उद्योगले मात्र अनुमति पाउदा अन्य प्लाइ उद्योगहरुको उत्पादन नाकामा रोकीएको थियो । अहिले १० वटा उद्योगले गुणस्तरको प्रमाणपत्र पाईसकेका छन भने अन्यले तीन महिना भित्रमा पाइसक्नेछन । अहिले विआइएसको प्राविधिकहरुले नेपालका प्लाइ उद्योगहरुको गुणस्तरको परिक्षण गरिरहेका छन । मापदण्ड पुरा भएका उद्योगहरुलाई बिना कुनै रोकतोक प्रमाणपत्र दिने कार्य भइरहेको नेपाल प्लाइ उत्पादक सं
विराटनगर–नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको प्रस्ट्याए । आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै कोइरालाले सरकारले उद्देश्य अनुरुप कार्य भने गर्न नसकेको टिप्पणी गरे । ‘यो सरकार ढल्दैन चल्छ । तर सरकार सरकार जस्तो भएर चल्नुपर्दछ,’ कोइरालाले थपे, ‘गाडीमा झण्डा हल्
विराटनगर–बुढीगंगा गाउँ पालिकामा पनि ‘नगर प्रहरी’ परिचालन भएका छन । गाउँ पालिकाले खुला प्रतिष्पर्धामा ...
विराटनगर-सरकारको अर्थनीति गरिब जनतालाई लक्षित हुनुपर्नेमा अहिले नेपाली कांग्रेसबाटै अर्थमन्त्री भएका व्यक्तिहरूले समेत विपी कोइरालाको समाजवादले परिकल् ...
Copyright © 2021 / 2025 / Khabarpalpal.com / All Rights Reserved.