निरोज कोइरालाभोजपुर –भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष तथा महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै अध्यक्ष राउतले उद्योगी, व्यापारी तथा व्यवसायीहरूका समस्या, चुनौतीको समाधान र प्रेरणाका लागि महासङ्घले अभिभावकको भूमिका निर्वाह गर्दै आएको बताए। निजी क्षेत्रको लगानीको सुनिश्चितता, दिगोपन, सुरक्षा र निरन्तरताका लागि महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले स्थानीय उत्पादन, विशेषगरी खुकुरीजस्ता साना तथा घरेलु उद्योगको विकास र ब्रान्डिङमा जोड दिन आग्रह गरे। अध्यक्ष राउतले
विराटनगर-सरकारको अर्थनीति गरिब जनतालाई लक्षित हुनुपर्नेमा अहिले नेपाली कांग्रेसबाटै अर्थमन्त्री भएका व्यक्तिहरूले समेत विपी कोइरालाको समाजवादले परिकल्पना गरेको जस्तो गरी गरिबको उत्थान गर्ने कार्यक्रम ल्याउन नसकेको प्राज्ञहरूले बताएका छन्।वक्ताहरूले भने, "विपीले बजेट बनाउँदा भित्तामा गरिबको फोटो टाँसेर बनाउनु ताकी उनीहरूको अवस्था सुधार गर्न सकियोस्" भन्ने भनाइ आज पनि सान्दर्भिक छ। तर, सरकारले ल्याउने बजेटले गरिबलाई झन् गरिब र धनीलाई झन् धनी बनाउने प्रवृत्ति देखिएको आरोप समेत प्राज्ञहरूले लगाएका छन्।वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको आयोजनामा ‘विपीको प्रजातान्त्रिक समाजवादको आर्थिक अवधारणा
विराटनगर–इजराइल र इरान बिचको मिसाइल युद्धको कारण बंकरमा बसेर आफ्नो ज्यान जोगाएर विभिन्न देश हुदै बिहिबार राति विराटनगर विमानस्थल उत्रिएका विराटनगर महानगरका मेयर नागेश कोइराला बोल्दाबोल्दै भक्कानिएका छन । इजराईल सरकारको निमन्त्रणामा जेठ २६ गते सहकारी र कृषि प्रविधिको प्रयोग एवं शहरी विकासको अध्ययनका भ्रमणका क्रममा रहेका मेयर नागेश कोइराला इजराइल पुगेको तेश्रो दिनबाट दुबै देशबिच युद्ध सुरु भएको थियो । युद्धको त्रसादी कहिल्यै अनुभव नभएका उनी त्यहाँको काहालिलाग्दो अवस्थाको वर्णन गर्दागर्दै भक्कानिएका थिए । मिलाईल खस्दै छ भन्ने साइरन बजेपछि बंकरमा गएर बस्नु पर्ने र मिसाई डिफ्यूज भएपछि या
विराटनगर–बुढीगंगा गाउँ पालिकाको वडानम्बर १ का वडाध्यक्षले जग्गा किनबेचको सिफारिस नदिदा जग्गा किन्ने र बिक्री गर्ने स्थानियले तनाव ब्यहोर्नु परेको छ । राजश्व संकलनको प्रमुख स्रोत रहेको जगगा किनेबेचबाट आउने राजश्व पनि प्रभावित बनेको छ । वडाध्यक्षको हठको कारण संविधानले व्यवस्था गरेको नीजि सम्पत्तिको अधिकारबाट समेत स्थानियलाई बञ्चित गर्ने काम भएको छ । वडाध्यक्ष सोमप्रसाद काफ्लेले जग्गा प्लटिङवाला गणेश थापासंगको प्रतिशोध साध्न जग्गाको किनवेचको सिफारिस दिन झमेला खडा गरेको पीडितहरुले बताएका छन । साविकको टंकी सिनुवारी ३ को ‘३ ङ’को ११० नम्बर कित्ताबाट किताकाट गरि दुई वटा घडेरी पास गर्न
विराटनगर–समाचारको वास्तविकतानै नबुझी एकपक्षिय ढंगले एक अनलाईनले समाचार प्रकाशित गरेको र समाचारको स्रोत र तथ्यप्रति आपत्ति जनाउदै खण्डन गरिदिन आग्रह गर्दापनि खण्डन नगरिएको कारण आफूले विज्ञप्ती मार्फतनै उक्त समाचारको खण्डन गरेको एक पीडितले विज्ञप्ती जारी गरि जनाएका छन ।बुधबार रातोपाटी अनलाइनमा प्रकाशित एक समाचारप्रति आपत्ति जनाउँदै मोरङका एक स्थानीय किसान सन्तोष फुयँल त्रिभुनाथले प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् । जेठ २१ गते बुधबार रातोपाटी अनलाइनले खोलाजन्य पदार्थ उत्खननसम्बन्धी समाचार प्रकाशित गरेको थियो, जसमा उनीसँग सम्बन्धित व्यक्तिहरूको नाम जोडिएको थियो ।उनले जारी गरेको विज्ञप्तिमा उल्ले
विराटनगर–नेपाली कांग्रेसका नेता कृष्ण सिटौंलाले मन्त्रालयको एउटा कर्मचारीमाथि अनुसन्धान हुदैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताएका छन । विराटनगरमा संचारकर्मीसंगको कुराकानीमा सिटौंलाले कर्मचारीमाथि प्रश्न उठ्ने वित्तिकै गृहमन्त्रीले राजीनामा दिन नहुने उल्लेख गरे । भिजिट भिषामा जानेहरुबाट अवैध रकम लिएको बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ ति कर्मचारीमाथि निचोड बाहिर आउन बाँकीनै छ अनुसन्धान हुदैछ । यसमा हतारिएर मन्त्रीले राजीनामा दिन आवश्यक छैन । गोकुल बास्कोटा, जनार्दन शर्मा, रामशरण महत, माथिनै प्रश्न उठेकाले उहाँहरुले राजीनामा दिनुभयो तर अहिले कर्मचारी माथि प्रश्न उठेको
विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा कोइरालाले भने, "मन्त्रीहरूलाई लाग्ने यस्तो आरोप यो पहिलो नभएको छ। आफू क्लिन छु भन्ने देखाउन पनि पदबाट हट्न आवश्यक छ।"राजनीतिमा नैतिकताको महत्त्वलाई जोड दिँदै उनले भने, "इस्यु आएपछि आफू क्लिन छु भन्ने देखाउन पनि पद छाड्नुपर्छ। उहाँको संलग्नता नरहला तर आफू क्लिन छु भन्ने देखाउन पनि छानबिन हुन जरुरी छ।"कोइरालाले डा. रामशरण महत, जनार्दन शर्मा, गोकुल बास्कोटा र शेरबहादुर ता
विराटनगर–गृहमन्त्री रमेश लेखकले सुरक्षा प्रमुखहरुलाई तीस दिन भित्रमा महसुस हुनेगरि सीमावारपार हुने तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छन । कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उद्योगी व्यवसायीको गुनासो सुनेपछि खुला सीमाको कारण भइरहेको तस्करी नियन्त्रण गर्न आवश्यक रहेको उल्लेख गर्दै सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन । बुधबार होटल एशियाटिकमा आयोजित भेलामा गृहमन्त्री लेखकले तस्करीले अपराध बढाएको र राजश्व घाटाएकाले मुलुकमा नराम्रो असर परेको भन्दै सुरक्षा प्रमुखहरुलाई तस्करी रोक्न निर्देशन दिदै नरोकीए गृहमन्त्रालय एक्सनमा जाने उल्लेख गरे ।
विराटनगर–संविधान र व्यवास्था विरोध गतिविधि कुनै पनि हिसावमा स्वीकार्य नहुने गृहमन्त्री रमेश लेखकले बताएका छन । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा लेखकले कुनैपनि वादका नाममा संविधान र गणतन्त्र विरोधी गतिविधिलाई स्वीकार्न सकिदैन । उनले भने‘जुनै तहमा पनि त्यसलाई स्वीकार गर्न सकिन्न । जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही गएमा त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ ।’विराटनगरमा निर्मीत मोरङ कारागारको नयाँ भवनको उद्घाटन, आइसीमा निर्माण भएको वायरहाउसको हस्तान्तरणका लागि विराटनगर आइपुगेका मन्त्री लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताए । उनले दश
विराटनगर–नेपाली उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले औद्योगिक विकास, कर सुधार र जारी आर्थिक संकटको समाधानलाई सम्बोधन गर्ने ३२ पृष्ठको दस्तावेज नेपाली कांग्रेसलाई बुझाएको छ ।सीएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले काठमाडौँमा कांग्रेस उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका महासचिव गगन थापालाई सुझाव पेश गरेको हो । कार्यक्रममा अध्यक्ष सारडाले देशको औद्योगिक क्षेत्र अस्तव्यस्त रहेको र तत्काल सुधारात्मक नीतिहरूको आवश्यकता रहेकोमा जोड दिए । उनले भन्सार नीतिहरूले चिनी, खाद्यान्न र कपास कपडा जस्ता दैनिक उपभोग्य वस्तुहरूको मूल्य अत्यधिक बढाएको उल्लेख
विराटनगर–इजराइल र इरान बिचको मिसाइल युद्धको कारण बंकरमा बसेर आफ्नो ज्यान जोगाएर विभिन्न देश हुदै बिह ...
विराटनगर-सरकारको अर्थनीति गरिब जनतालाई लक्षित हुनुपर्नेमा अहिले नेपाली कांग्रेसबाटै अर्थमन्त्री भएका व्यक्तिहरूले समेत विपी कोइरालाको समाजवादले परिकल् ...
Copyright © 2021 / 2025 / Khabarpalpal.com / All Rights Reserved.