विराटनगर–छ प्रदेशका मुख्यमन्त्रीहरु एकै पटक प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन । उनीहरु किन वालुवाटार पुगे भन्ने जिज्ञासामा हेटौंडामा सम्पन्न भएको मुख्यमन्त्रीहरुको भेलाले पारित गरेको नौं बुदेँ मागहरु तत्काल प्रधानमन्त्री मार्फत कार्यान्वयन गराउन मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन ।  

मुख्यमन्त्रीहरुको सामुहिक कुरा सुनेपछि प्रहरी समायोजन प्रक्रिया टुंग्याउन गृहमन्त्रीको उपस्थितिमा सर्वदलीय बैठक बस्न प्रधानमन्त्री राजी भएका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूलाई आज नै सर्वदलीय बैठक बसेर प्रहरी समायोजन प्रक्रिया टुंग्याउने आश्वासनदिएका छन् । 


अन्तर प्रदेश मुख्यमन्त्रीहरूको हेटौडामा शुक्रबार सम्पन्न बैठकपछि प्रदेशलाई अधिकार सम्पन्नबनाएर संविधानको पूर्ण कार्यान्वयनका लागि प्रधानमन्त्री दाहाललाई उनीहरूले शनिबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रधानमन्त्री दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मुख्यमन्त्रीहरूलाई तत्काल सर्वदलीय बैठकले प्रहरी समायोजन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।


निजामती ऐन निर्माण प्रक्रिया अघि बढाउने र प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएर संविधान पूर्ण कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएको कोशीका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । मुख्यमन्त्रीहरूको बैठकले शुक्रबार ९ बंदे साझापत्र सार्वजनिक गरेर शनिबार प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्रबुझाएका थिए ।