मोरङको विराटनगर महानगरपालिकाबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–७ का २४ वर्षीय सागर राई रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

उनकाल अनुसार बिहीबार बेलुका विराटनगर– ४ कन्चनबारीबाट उनलाई १० किलो गाँजासहित पक्राउ गरिएको हो । बेलुका साढे ८ बजे सिआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।