संसदमा अधिकार र विकास मुद्धाको खरो आवाज उठाउने डा.प्रमिला गच्छदारको केन्द्रीय सदस्यमा दाबी
विराटनगर । नेपाली कांग्रेसकी नेतृ डा. प्रमिला गच्छदारले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनमा थारु महिला क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन । प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट समानुपातिक सांसदका रूपमा रहेकी गच्छदार अहिले महाधिवेशनको प्रचारप्रसारमा सक्रिय छिन । मोरङ क्षेत्र नम्बर ६ बाट समानुपातिक प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा पुगेकी गच्छदारले आफ्नो संसदीय भूमिकालाई ...