प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । सुमारले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेकी हुन् । 

भेटमा एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनासहित नेपाल र अमेरिकाबीचको सहयोगबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जा मन्त्री पम्फा भुसालसँग भेट गरेकी थिइन् ।