विराटनगर-नोना कोइराला स्मृती प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा मोरङको बुढीगंगा गाउँपालिका ६ को स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा ३ सय २५ जना स्थानियले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन ।

शिविरको उद्घाटन वडाध्यक्ष दिलिप चौधरीको साथमा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गरे ।  शिविरमा आएका सबै विरामीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क ल्याब, निशुल्क औषधि  र परामर्श दिएको थिए । किड्नी, उच्चरक्तचाप, मधुमेह, फोक्सो र हृदयरोग लगायतका अन्य रोगहरुका विरामीहरुको परिक्षण र उपचार गरिएको थियो । विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम समेत शिविरमा संचालन गरिएको थियो । 

nona 2

इसीजी, इको कार्डियोग्राफी, रगत परिक्षण लगायतको परिक्षण समेत निशुल्क गरिएको थियो । जुन अन्य अस्पतालमा उपचार गर्दा झण्डै आठ हजार रुपैयाँ भन्दा माथिको परिक्षण रहेको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तबले बताए । 

नोना कोइराला स्मृती प्रतिष्ठानका संरक्षक डा.शेखर कोइरालाले केएचडीसीको सहकार्यमा मोरङका  जिल्लाका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर संचालन भइरहेको छ । यस्तै शिविर अन्य जिल्लाहरुमा समेत आयोजना गरिने छ । केएचडिसीका प्रमुख डा.संजिव शर्माले पहिलो पटक नोना कोइराला स्मृती प्रतिष्ठानसंग पहिलो सहकार्य भएको र अब अन्य सहकार्य समेत गर्दै जाने बताए । 

महासचिव श्रीवास्तवले शिविरमा उपचार गराएका मध्ये ५० प्रतिशतमा मधुमेहको समस्या देखिएको बताए । प्रतिष्ठानले केही समय भित्रनै मोरङको अन्य ग्रामीण क्षेत्रमा पुनः यस्तै कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।