विराटनगर-  नेपाली साहित्यको महत्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कारबाट विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदित सहित चारजना पुरस्कृत  भएका छन । दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई नेपाल सरकार युवातथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवावर्ष मोती पुरस्कार–२०७७’ प्रदान गरिएको हो ।

पुरस्कारका रुपमा संयुक्त रुपमा ५० हजार राशि सहित स्वर्ण पदक र सम्मानपत्र रहेको छ । नवोदितलाई वरिष्ठ कवितुलसीदिवसले नगदसहित स्वर्ण पदक र सम्मान पत्र समर्पण गरे ।  कोषले नवोदितका साथमा सो पुरस्कार कवि, आख्यानकार, समालोचकएवं साहित्य अन्वेषक महेश पौड्याललाई समर्पण गरेको छ । पौड्याललाई पनि २०७७ सालको पुरस्कार दिएको हो । पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन ।

त्यस्तै २०७८ सालको मोती पुरस्कार जापानमा बसेर संसार भरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहनु भएका प्रकाश पौडेल ‘माइला’ र काठमाडौं बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहनु भएका हेम प्रभासलाई दिएको कोषले जनाएको छ ।