विनोद भट्टराई



जनप्रतिनिधिको छनौट 

अहिले स्थानीय निर्वाचनको चटारो छ । नयाँ शक्तिका रुपमा विकल्प नभएकाले चाहेर होस वा नचाहेर होस हालकै राजनीतिक दलहरुबाटै आगामी पाँच वर्षका लागि नयाँ प्रतिनिधि हामीले चुन्नुपर्नेछ । स्थानीय निर्वाचनबाट चुनिने जनप्रतिनिधिलाई आफनो गाउ, शहर र वडाको विकासमा अह्म भूमिका निर्वाह गर्ने भएकाले वैशाख ३० गतेका लागि तय भएको निर्वाचनबाट योग्य र जनताप्रति जवाफदेही प्रतिनिधि चयन गर्ने दायित्व हामीमा आएको छ । 


गत स्थानीय निर्वाचनमा सर्वसाधारणले आफुले चुनेका प्रतिनिधिले सामुहिक हितलाई ध्यानमा राखी पारदर्शि तवरले गुणस्तरीय सेवा प्रदान गर्ने र विकास निर्माणको कार्यले गतिलिनेविश्वास लिएका थिए । केही जनप्रतिनिधिले जनताको आशा अनुरुप प्राप्त अधिकारको सदुपयोग गर्दै स्थानीयआवश्यकता अनुसार पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा नागरिकको सहज र सरल पहुच स्थापना गर्न सफल भए । 


तर पाँच वर्षे कार्यकालमा कतिपयले आफनो स्वार्थलाई सर्वोपरिता दिदै सेवा सुविधा, करका दर वृद्धि र पदिय दायित्वको दुरुपयोगमा व्यतित गरे । परिणामस्वरुप जनता आफैले चुनेका प्रतिनिधिसंग निराश हुनुपर्ने अवस्था सिर्जना भएकाले अवका जनप्रतिनिधि छनौट गर्दा विगतको गल्तीलाई सच्याउदै विवेकशिल भई आफनो मताधिकारको प्रयोग गर्नुपर्दछ । 


विगतको कमजोरी सच्याउने अवसर

विगतमा लामो समय देखि स्थानीय निकाय जनप्रतिनिधि विहिन अवस्थामा रही विकृति मौलाएको अवस्थामा २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचन पश्चात आममानिसमा विकासले गतिलिने आशा पलाएको थियो । तर केही जनप्रतिनिधि वाहेक अधिकांशबाट जनता निराश भए ।


भ्रष्ट्राचार, दण्डहिनता, जवाफविहिनताले विकास र सुशासनको चाहना राखेर मतदान गरेका आममानिसको अपेक्षामा कतिपय जनप्रतिनिधि खरो उत्रन सकेनन । वर्तमान समयमा स्थानीय निकायका प्रत्याशीहरु घरदैलो कार्यक्रममा व्यस्तछन । यसअघिका प्रतिनिधिहरुबाट भएका त्रुटीलाई मध्यनजर गरी अवका उम्मेदवारहरुले आगामी पाँच वर्षमा गर्ने विकासका योजनाको खाका सहित जनताको घरदैलोमा उपस्थित हुनुपर्दछ । 


पछिल्लो पाच वर्षमा शिक्षित युवाहरुको उपस्थिती वढेकाले अवका मतदाताकेवल दल र व्यक्ति विशेषलाई महत्व दिएर आफनो मताधिकार खेर फाल्ने पक्षमा छैनन ।युवाहरु जनप्रतिनिधिको आवश्वासनमा भन्दापनि स्पष्ट योजना, सुशासन र पारदर्शितामा विश्वास राख्दछन । अवका पुस्ता दलगत र गुटगत राजनीति भन्दा निष्ठा र स्वार्थरहीत राजनीतिलाई प्राथमिकता दिन्छन । पछिल्लो समयमा संस्थागत रुपमा जरागाढेको भ्रष्ट्रचार र जवाफविहिनताले अवका पुस्ता आजित भईसकेका छन । 


युवाहरु विदेशी भूमिका गएर मेहनत र परिश्रम गर्नुभन्दा देशमै वसेर उद्यमशिलता विकास, स्वरोजगार वनी रोजगारका नया अवसरहरु सिर्जना गर्न चाहना राख्दछन । देशमा आमूल परिवर्तनको चाहना राख्ने युवाहरुलाई केन्द्रविन्दुमा राखी यसपटकको निर्वाचनलाई उम्मेदवारले विगत भएको कमजोरीलाई सच्याउने अवसरका रुपमा लिनु पर्दछ । 


प्रष्टयाउनु पर्ने विषय 

स्थानीय निकायमा जनप्रतिनिधिहरुको उपस्थितीले अवश्य पनि सहजता भएको छ । स–साना कामका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने वाध्यताको केही हदसम्म अन्त्य भएको छ । वाटो, नाला लगायतका पूर्वाधारको विकास हुने क्रम वढेको छ। तथापि अवका उम्मेदवारले विगतको कमजोरीलाई समिक्षा गरी जनतालाई सुसूचित गर्न आवश्यक छ । 


यस अवधिमा मौलाएको भ्रष्टचार, विकृति, कुशासन, अपारदर्शिता, जवाफविहिनता जस्ता जनतासंग प्रत्यक्ष्ँ सम्वन्ध राख्ने विषयहरुमा उनीहरुको धारणा एवं अंकुश लगाउने उपायहरु स्पष्ट पार्नुपर्दछ । अवका जनप्रतिनिधिबाट सर्वसाधारणलेयस्ता प्रश्नको उत्तरको अपेक्षा राखेका छन । स्थानीय परिवेश, उपलब्ध श्रोत र साधनको परिचानल र पाच वर्षै विकासको योजना लगायतका विषयमा अवका उम्मेदवारले प्रष्टयाउनु पर्दछ । 


जनप्रतिनिधिले आफुलाई प्रमाणित गर्ने अवसर 

आसन्न निर्वाचन उम्मेदवारहरुका लागि भविष्यमा राष्ट्रिय राजनीतिमा उदाउने अवसर पनि हो । दुरदर्शि र सक्षम व्यक्तिका लागि स्थानीय निकायको निर्वाचन आफनो सोच  र अवधारणालाई जनता समक्षा प्रमाणित गरेर देखाउने सुनौलो अवसर पनि हो । उदाहरण कै रुपमा हेर्ने हो भने भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यको मुख्यमन्त्री थिए । 


उनले गुजरातको आर्थिक एवं औद्योगिक विकास र जनताका जिवनस्तर उकास्नका अपनाएका नीतिले राष्ट्रिय राजनीतिमा उदाउने अवसर प्रदान ग¥यो । उनले अपनाएको विकासको मोडललाई आधार वनाई उनी आवद्ध दलले भावी प्रधानमन्त्रीका रुपमा उनलाई प्रस्तुत गरी निर्वाचनमा होमियो । 


गुजरातको विकास मोडल मनपराएका भारतीय जनताले उनलाई प्रधानमन्त्रीमा स्वीकार्दै दिल्लीको सत्तामा स्थापित गरिदिए भने उनको दल देश कै सबैभन्दा ठूलो राजनीति दलमा परिणत भयो । पहिलो पाच वर्षे कार्यकाल पश्चात भएको निर्वाचनमा समेत अत्यधिक वहुमत ल्याउन सफल भई हाल दोश्रो कार्यकालको यात्रा तय गरिरहदा समेत मोदीको लोकप्रियतामा खासै कमी आएको छैन ।


उपयूक्त व्यक्तिको चयन र जनताको हितका लागि गरेको कार्यले व्यक्ति विशेषलाई मात्र नभई पार्टीलाई  समेत लोकप्रिय वनाउनछ । त्यसकारण अव जनप्रतिनिधिका रुपमा निर्वाचित हुने उम्मेदवारले दुरदृष्टि राखी स्वच्छ, पारदर्शी र जवाफदेहिताका साथ कार्य गरी आफुलाई प्रमाणित गर्ने अवसरका रुपमा लिनु पर्दछ । यसपटक प्राप्त अवसरलाई जीवनको नया यात्राको प्रारम्भ विन्दुका रुपमा लिई जनहितका लागि कार्यगर्नु पर्दछ । 


नागरिकको दायित्व 

मताधिकार प्राप्त नागरिकको हैसियतले जनप्रतिनिधिसंग आगामीपाच वर्षका लागि तयार पारेको आर्थिक सामाजिक उत्थानकोयोजनाका सम्वन्धमा सोध्नुपर्दछ । सडक लगायतका पूर्वाधार विकासको खाका, शिक्षा, स्वास्थ्य, खानेपानि जस्ता आधारभूत आवश्यकता, जनतालाई सहज र सरल रुपमा उपलब्ध गराउन तयार पारेको योजना सोध्नुपर्दछ । 


उपलब्ध आर्थिक र प्राकृतिक श्रोत र साधनको परिचालन, छिटो छरितो, पारदर्शि र गुणस्तरीय सेवा प्रवाहको पद्धती, महिला तथा वालवालिकाको सुरक्षा योजनाका वारेमा सोध्नुस । स्थानीय संस्कृति, धर्मकोजर्गेना, उद्यमशिलताको विकास र प्रवद्र्धन, युवा लक्षित कार्यक्रम र रोजगारी सिर्जनालगायत सुशासन, भ्रष्ट्रचार न्यूनिकरण, जवाफदेहिताका विषयमा सोध्नुस । 


सबैभन्दा महत्वपूर्ण कुरा योजनालाई मुर्तरुप दिन आर्थिक श्रोत कसरी जुटाउनु हुन्छ त्यो सोध्नुस । अवका दिनमा जनप्रतिनिधिलाई जवाफदेहि वनाउन नागरिकले आ–आफनो स्थानबाट भूमिका निर्वाह नगरे आगामी दिनमा समेत भ्यू टावर वन्न त सक्दछ,तर भ्यू टावरमा चढेर हेर्ने लायक शहर अथवा गाउ नवन्न सक्दछ ।