विराटनगर–चैत ९ देखि शहिद मैदानमा सुरु हुने रात्रीकालीन सातौ विराट गोल्डकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।्


आयोजक विराट गोल्डकप ट्रष्टले सोमवार पत्रकार भेटघाट कार्यक्रम गरी चैत १७ सम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशी सहित ८ टिमको सहभागीता रहने र प्रतियोगिता सञ्चालनकालागि २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिएको छ ।


प्रतियोगिताका कोअडिनेटर सुवाशीष कोइरालाका अनुसार विजेता टिमले  २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैया पुरस्कार पाउने छन । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैया पुरस्कार पाउने छन । प्रतियोगिताको छैटौ सस्करण विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार पुरस्कार पाएका थिए । प्रतियोगितामा प्रदेश सरकार, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद र निजी क्ष्ँेत्रको आर्थिक सहयोग रहने वताइएको छ । 

 

प्रतियोगितामा तिन विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरी सहित संकटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटी तथा विदेशी टिममा भारत केरलाको लुका सकर क्लव र भुटानको डुक लयुल फुटवल क्लवको सहभागीता रहने कोइरालाले वताए । उनका अनुसार भारतको दिल्ली एफसी क्लवले अन्तिम समयमा नआउने जनाएपछि भुटानलाई सहभागी गराइएको हो ।


२०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा सञ्चालन हुँदै आएको यो प्रतियोगिता विराट गोल्डकपका नाममा आयोजना हुनलागेको सातौ हो । कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने प्रतियोगिताको उद्घाटन खेल घरेलु टिम विराटनगर सिटी र नेपाल प्रहरी वीच हुने खेल तालीका छ ।