विराटनगर–आइतबार पुस १५ गते हुने एमबीएस सोलो डान्स कम्पिटिसनको फाइनलमा निर्णायक र प्रस्तुती लिएर भारतीय टिभी च्यानल सोनीको इण्डियाज बेष्ट डान्सर २०२३ का विजेता समर्पण लामा आइसकेका छन । उनले शनिबार भएको डान्स कम्पिटिसनको सेमी फाइनलमा आफ्नो निर्णायकका भूमिका निर्वाह गरि सकेका छन । आज उनको प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।

शनिबार भएको सेमीफाइनलबाट पाँच जना फाइनलमा प्रवेश पाएका छन । एक्स्पो आयोजक मोरङ व्यापार संघका अनुसार नेपाली मुलका लामाले फाइनल प्रतिष्पर्धाको अवलोकन गर्दै निर्णायक बन्ने जनाइएको छ । त्यसका साथै उनको प्रस्तुति समेत रहने संघले जनाइएको छ । आइतबार लामा सहित वाङदेन शेर्पा, डीजे तामाङ, समर्पण लामा र आशिष अविरलको प्रस्तुतिका लागि दर्शक प्रतिक्षारत छन ।

संघका अध्यक्ष नविन रिजालले आर्थिक क्षेत्र चलायमानका लागि एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशमा आर्थिक संकटको अवस्था रहेको र यस्तो विषम परिस्थितिमा एक्स्पो संचालन चानचुने नभएको बताए । 

अध्यक्ष रिजालले एक्स्पोमा उपभोक्ताको अत्याधिक भीडले विराटनगरमा प्रदशनस्थल आवश्यक रहेको भन्ने प्रमाणित गरिदिएको बताए । एक्स्पोका संयोजक अनिल साहले एक्स्पोमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व रहेको बताए । उनले एक्स्पोमा मनोरञ्जनलाई पनि उत्तिकै ध्यान दिइएको बताए । एक्स्पोमा ब्रेक डान्स, रेल, झुला, रोटेपिङ्ग चढ्न बालबालिका, युवायुवती उत्साहित बन्ने गरेको बताए ।


सह–संयोजक सञ्जय श्रेष्ठले एक्स्पोमा अवलोकनकर्ताले पीरो अमिलो चटपटीदेखि सोल्टी होटलको पाँच तारे खानेकुराको स्वाद लिन पाउने बताए । अर्का सह–संयोजक अमित सारडाले एक्स्पोमा सन्तोषजनक कारोबार भएको र सोचेभन्दा बढी सफल भएको बताए ।