विराटनगर । नेपाली कांग्रेसकी नेतृ डा. प्रमिला गच्छदारले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनमा थारु महिला क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन । प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट समानुपातिक सांसदका रूपमा रहेकी गच्छदार अहिले महाधिवेशनको प्रचारप्रसारमा सक्रिय छिन ।
मोरङ क्षेत्र नम्बर ६ बाट समानुपातिक प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा पुगेकी गच्छदारले आफ्नो संसदीय भूमिकालाई पार्टी राजनीति र क्षेत्रीय विकासका मुद्दासँग जोड्दै आएकी छन । संसदमा आम नागरिकका सरोकारका विषय उठाउनुका साथै मोरङ–६ का विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा स्थानीय समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको उनको दाबी छ ।
संसदमा निर्वाचित वा समानुपातिक प्रतिनिधिको भूमिका केवल सदनमा उपस्थित हुने र मतदान गर्नेमा सीमित नरहेको उनको बुझाइ छ । जनताबाट आएका समस्या राज्यको नीति निर्माण गर्ने तहसम्म र्पुयाउनु सांसदको प्रमुख जिम्मेवारी भएको भन्दै गच्छदारले आफ्नो कार्यकालमा स्थानीय तहदेखि आम नागरिकसम्मका आवाज संसदमा उठाउँदै आएकी छन ।
मोरङ–६ उनका लागि राजनीतिक गतिविधिको क्षेत्र मात्र नभई जनताको दैनिक जीवनसँग जोडिएको भूगोल पनि हो । यही क्षेत्रबाट प्राप्त हुने समस्या, माग र विकासका अपेक्षालाई उनले संसदमा उठाउने विषय बनाउँदै आएकी छन । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका आधारभूत आवश्यकतासँग जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराउनु आफ्नो प्राथमिकतामा रहेको उनी बताउँछिन ।
गच्छदारको राजनीतिक सक्रियताको अर्को पक्ष महिला तथा थारु समुदायको प्रतिनिधित्वसँग जोडिएको छ । कांग्रेसको १५औँ महाधिवेशनमा उनले थारु महिला क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुको मुख्य आधार पनि पार्टीभित्र महिला तथा थारु समुदायको राजनीतिक प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको बताएकी छन ।
नेपालको राजनीतिमा लामो समयदेखि महिला सहभागिता र समावेशी प्रतिनिधित्वको विषय उठ्दै आए पनि निर्णय गर्ने तहमा महिलाको प्रभावकारी उपस्थिति अझै पर्याप्त नभएको गच्छदारको बुझाइ छ । त्यसैले पार्टीको केन्द्रीय नेतृत्वमा महिलाको सहभागिता बढाउनुपर्ने र विभिन्न समुदायको आवाज पार्टीको नीति निर्माण तहसम्म र्पुयाउनुपर्नेमा उनले जोड दिँदै आएकी छन ।
थारु समुदायबाट राजनीतिमा प्रतिनिधित्व गर्ने नेतृका रूपमा गच्छदारले समुदायका सवाललाई राष्ट्रिय राजनीतिको मूलधारसँग जोड्ने प्रयास गरिरहेकी छन । थारु समुदायको सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक अवस्थालाई सुधार गर्न राज्यका नीति तथा कार्यक्रम थप लक्षित र प्रभावकारी हुनुपर्ने उनको धारणा छ ।
उनको उम्मेदवारीलाई केवल एउटा पदका लागि गरिएको दाबीका रूपमा मात्र नभई पार्टीको समावेशी संरचनाभित्र थारु महिला प्रतिनिधित्वलाई थप बलियो बनाउने प्रयासका रूपमा पनि हेरिएको छ । कांग्रेसको संगठन विस्तार र नेतृत्व विकासमा महिलाको भूमिका बढाउनुपर्ने विषयमा उनले जोड दिँदै आएकी छन ।
संसदमा रहँदा गच्छदारले राष्ट्रिय मुद्दासँगै आफ्नो निर्वाचन क्षेत्रका विषयलाई पनि प्राथमिकतामा राख्दै आएको बताएकी छन । मोरङ–६ मा विकास निर्माणका कामलाई गति दिनुपर्ने, स्थानीय जनताका आवश्यकता सम्बोधन गर्नुपर्ने र सरकारी निकायबाट सञ्चालन हुने विकास योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने विषयमा उनले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएकी छन ।
उनका लागि सांसदको भूमिका संसद भवनभित्रको बहसमा मात्र सीमित छैन। जनतासँग निरन्तर सम्पर्कमा रहेर उनीहरूका समस्या सुन्ने र ती विषयलाई सम्बन्धित निकायसम्म र्पुयाउने कामलाई पनि उनले आफ्नो राजनीतिक जिम्मेवारीका रूपमा लिएकी छन । यही कारण पछिल्लो समय मोरङ–६ का विभिन्न क्षेत्रका नागरिकसँग भेटघाट तथा छलफललाई उनले तीव्रता दिएकी छन ।
महाधिवेशन नजिकिँदै जाँदा गच्छदारले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट बढाएकी छन । थारु महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न उनले कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकसँग आग्रह गरिरहेकी छन ।
उनको प्रचार अभियानमा महिला सहभागिता, थारु समुदायको प्रतिनिधित्व, संगठन सुदृढीकरण र जनताको मुद्दालाई पार्टीको नीति निर्माणसँग जोड्ने विषय प्रमुख रूपमा उठाइएको छ । पार्टीमा महिलाको सहभागिता संख्या बढाउने मात्र नभई नेतृत्वदायी भूमिकामा उनीहरूको क्षमता र योगदानलाई स्थापित गर्नुपर्ने उनको धारणा छ ।
गच्छदारको राजनीतिक यात्रा कांग्रेसको संगठन र संसदीय भूमिकासँगै अघि बढिरहेको छ । प्रतिनिधिसभामा समानुपातिक सांसदका रूपमा प्राप्त जिम्मेवारीलाई उनले जनताको आवाज उठाउने अवसरका रूपमा प्रयोग गर्दै आएकी छन्। अब केन्द्रीय सदस्यका रूपमा पार्टीको नीति निर्माण र संगठन सञ्चालनमा थप भूमिका निर्वाह गर्ने उनको लक्ष्य छ ।
उनको उम्मेदवारीमा मोरङको क्षेत्रीय राजनीतिसँगै राष्ट्रिय राजनीतिमा महिला र थारु समुदायको प्रतिनिधित्वको प्रश्न पनि जोडिएको छ । विशेषगरी संसदमा महिला सांसदको संख्या मात्र होइन, उनीहरूको नीति निर्माणमा प्रभावकारी भूमिका हुनुपर्ने उनको जोड छ । महिलाले आफ्ना समुदाय र भूगोलका सवाललाई राष्ट्रिय बहसमा स्थापित गर्न सक्ने वातावरण पार्टीभित्र बन्नुपर्ने उनी बताउँछिन ।
कांग्रेसको १५औँ महाधिवेशन गच्छदारका लागि पार्टीभित्र आफ्नो राजनीतिक भूमिका थप विस्तार गर्ने अवसर पनि बनेको छ । संसदमा समानुपातिक सांसदका रूपमा जिम्मेवारी निर्वाह गरिरहेकी उनी अब पार्टीको केन्द्रीय नेतृत्वमा पुगेर संगठन र नीतिगत भूमिकालाई थप प्रभावकारी बनाउने योजनामा छिन ।
मोरङ–६ बाट प्रतिनिधित्व गर्दै आएकी गच्छदारले क्षेत्रीय विकासका मुद्दालाई राष्ट्रिय राजनीतिको बहससँग जोड्ने प्रयासलाई निरन्तरता दिने बताएकी छन । स्थानीय समस्या समाधानका लागि सरकारलाई दबाब दिने, विकास निर्माणमा जनताको पहुँच बढाउने र राज्यबाट उपलब्ध हुने सेवा सुविधालाई प्रभावकारी बनाउने विषयलाई उनले आगामी राजनीतिक यात्राको प्राथमिकतामा राखेकी छन ।
‘राजनीति पदका लागि मात्र होइन, जनताको आवाज राज्यको नीति निर्माण तहसम्म र्पुयाउने माध्यम हो’ भन्ने मान्यता राख्ने गच्छदारले आफ्नो उम्मेदवारीलाई पनि यही भूमिकासँग जोडेर प्रस्तुत गरेकी छन । कांग्रेसको केन्द्रीय नेतृत्वमा पुगेर महिलाको प्रतिनिधित्व र थारु समुदायका सवाललाई थप प्रभावकारी रूपमा उठाउने उनको लक्ष्य छ । साथै, पार्टी संगठनलाई थप समावेशी र जनमुखी बनाउँदै नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्नुपर्ने उनको धारणा छ ।
मोरङ–६ बाट संसदमा समानुपातिक प्रतिनिधित्व गरिरहेकी गच्छदारको केन्द्रीय सदस्यको उम्मेदवारीसँगै उनको राजनीतिक बृतमा चर्चा सूरु भएको छ । संसदमा जनसरोकारका विषय उठाउँदै आएकी उनी अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका खोजिरहेकी छन । महाधिवेशनले उनको राजनीतिक यात्रालाई अझ उचाइमा पु¥याउने छ भन्ने विश्वास गर्न सकिन्छ ।
