उमा थापा 

एथेन्स-ग्रीस नेपाली समाजले क्रिसमसको अवसर पारेर सोमबार ग्रीसमा भब्य साँस्कृतिक कार्यक्रम गरेको छ । ग्रीसको राजधानी एथेन्समा रहेको होटल प्रेसिडेन्ट मा गरिएको कार्यक्रममा सहभागी नेपालीहरु बिच सांगितिक कार्यक्रम सम्पन्न भएको थियो । 

नेपाली रंगमञ्चका चर्चित कलाकार शिवहरी आचार्य, हास्यकलाकार  जितु नेपाल (मुन्द्रे), गोपाल नेपाल (फिस्टे) यसैगरि गायकद्वय रामचन्द्र काफ्ले र जुनु रिजालले प्रस्तुती दिएका थिए ।

ग्रीस नेपाली समाजले आयोजना गरेको कार्यक्रममा ग्रीसका बरिष्ठ ब्यक्तिहरुको समेत सहभागिता रहेकोे थियो भने लन्डनबाट नेपाली मम का राजा भनेर चिनिने बरिष्ठ सेफ बिनोद बराल यसैगरी   ,माल्टा लगायत विभिन्न युरोपेली मुलुकहरूबाट समेत नेपालीहरुको सहभागिता रहेको थियो ।

43807031-3eed-4256-bb35-d9238e655890

पहिलो पटक युरोपको ग्रीसमा गरिएको नेपाली साँस्कृतिक कार्यक्रममा शिवहरी आचार्य र गोपाल नेपाल को संयुक्त हास्यव्यङग्य प्रस्तुतीले दर्शकलाइ भरपुर मनोरञ्जन दिएको थियो । यस्तै जुनु रिजाल र रामचन्द्र काफ्लेको सुमधुर गितमा दर्शक मन्त्रमुग्ध बनेका थिए । यसैगरी अर्का चर्चित हास्य कलाकार जितु नेपाल मुन्द्रेले आफ्नो प्रस्तुतिमा दर्सकलाई पेट मिची मिची हाँस्न बाध्य बनाएको थियो । 

कार्यक्रममा ग्रीसमै बसोबास गर्ने स्थानीय कलाकार साजन जोशीले दुईवटा गित  गाए । नवीन परियार, कान्छी गुरुङ, डोल्मा तामाङ, नवीन अधिकारी लगायत अन्य कलाकारहरुको प्रस्तुति रहेको थियो ।

एनआरएन ए ग्रीसका अध्यक्ष कृष्ण पोखरेल, सन्तोष आचार्य, रामु न्यौपाने, राजेश ओझा, दिपक गजुरेल, अनिल गुरुङ लगायतले कार्यक्रमको आयोजना गरेका हुन । उनीहरुलाई अन्य सहयोगी समेतको साथ दिएका थिए । 

आयोजक टिमका कृष्ण पोखरेल, सन्तोष आचार्य र रामु न्यौपानेको अथक प्रयासले कार्यक्रम सफ लबनेको थियो ।