विराटनगर-नेपाल र भारतका पत्रकारहरुको एक भेलाले पछिल्लो समय पत्रकारितामा आएको प्रविधिको बाढी र बढ्दै गएको गैर पत्रकारिताको हाबिलाई रोक्न आचार संहितामा कडाई गरिनुपर्ने निष्कर्ष निक्लिएको छ । दुबै देशमा पछिल्लो समय सामाजिक संजालको कारण समाजिक सद्भाव र ब्यक्तीगत रिसइवी साध्ने काम बढेकाले त्यसलाई रोक्न त्यसका संचालकहरुलाई तालिम दिने, आचारसंहिता सिकाउने र पत्रकारिताको दायराभित्र रहेर समाजिक उत्तरदायित्वका साथ समाचार सम्प्रेषण गराउनु पर्ने बिषयमा छलफल समेत भएको छ । 

नेशनल यूनियन अफ जर्नालिष्ट एनजेयूको जिल्ला इकाइ सुपौलले त्रिवेणीगञ्जमा आयोजना गरेको कार्य ‘प्रेसको बदलिदो स्वरुप’बिषयमा अन्तरक्रिया समेत गरिएको थियो । एनजेयूका प्रदेश अध्यक्ष राकेश प्रवीरको अध्यक्षमा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकारले प्रविधि मैत्री हुनु पर्ने र त्यसका साथै समाजलाई सहि सुचना प्रवाह गर्न आचार संहिताको पालना पनि गरिनुपर्ने उल्लेख गरे । 

20241120_124342

पछिल्लो समय एआईको समय आएकाले पत्रकारले आफूहरुलाई प्रविधि मैत्री बनाउदै समाजप्रति उत्तरदायी बनाएर लैजान पत्रकार आचार संहिताको पालना समेत गर्नुपर्ने बताए । मोबाईल आउनु अघिको पत्रकारिता मर्यादित र समाजप्रति उत्तरदायि भएपनि पछिल्लो समय मोबाइल पत्रकारिताले अनुशासन र आचार संहिता पालना नगर्दा समाजमा ठुला ठुला घटनाहरु हुने गरेकाले पत्रकारिताले समाजप्रति दिने सूचना सहित अर्थमा पुग्न नसकेको बताए । 

महासचिव कृष्णकान्त ओझाले पछिल्लो समय पत्रकारिताका चुनौतिहरु थपिएको कारण पत्रकारिता क्षेत्र बढी संवेदनशील भएकाले पत्रकारहरुले एक जुट भएर यसभित्रका विकृतीहरुलाई समाप्त पार्दै जनताको सूचनाको हकलाई स्थापित गर्नुपर्ने बताए । सामाजिक संजालहरुको कारण मर्यादित पत्रकारितामा आँच आइरहेकाले अब सबै मिलेर सामाजिक संजाल मार्फत समाचार प्रशारण गर्नेहरुलाई पनि पत्रकार आचार संहिता भित्र ल्याउनु पर्ने बताए । 

bb

त्रिवेणीगंजका एसडीएम शम्भुनाथ, एसडीपीओ विपिनकुमार, थानाध्यक्ष रामसेवक रावत सहित अन्य अतिथिले दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा एसडीएम शम्भुनाथले पत्रकारिता समाजको ऐना भएकाले समाजलाई शान्त र ब्यवस्थित र समुन्नत राख्न पत्रकारिताको ठुलो योगदान रहन्छ । उनले पछिल्लो समय सामाजिक संजालको बाढी आएकाले पत्रकारिताले अझ गुणस्तरिय कार्यगरेर अघि बढ्नुपर्ने बताए । पत्रकार अरविन्द ठाकुरले जुन विषयमा समाचार लेख्ने हो त्यो विषयको गहिरो अध्ययन गरेर मात्र समाचार लेख्नु पर्ने उल्लेख गर्दै अहिलेको सोसियल मिडियाँ भनेको भरमा समाचार सम्प्रेषण गरेर समाजलाई भ्रमित पार्न खोजीरहेको बताए । 

op

पत्रकार प्रविण गोविन्दले पत्रकारहरुको सुरक्षाका लागि पत्रकार महासंघको आवश्यकता रहेको र सबै पत्रकारलाई एउटै संगठनमा आवद्ध गरि आचार संहिता र अनुशान पालना गर्ने बनाउन सकेमात्र मर्यादित पत्रकारिता अघि बढ्ने उल्लेख गरे । 

इण्डो नेपाल जर्नालिष्ट एशोसिएशनका महासचिव तथा नेपाल प्रेस यूनियन मोरङका अध्यक्ष वेदराज पौडेलले नेपाल र भारतमा पछिल्लो पटक समाजिक संजालको कारण वास्तविक पत्रकारिता ओझेलमा परिरहेको र सामाजिक संजालको स्वार्थपूणर् प्रशारण अघि बढेकाले सबैलाई मर्यादित पत्रकारिता सिकाउन आवश्यक रहेको उल्लेख गरे । उनले समाजलाई सहि सुचना दिनुको साटो सोेसियल मिडियाले अराजकता फैल्याइरहेकाले त्यसको नियन्त्रण आवश्यक रहेको बताए । 

ooo

अर्को प्रशंगमा उनले नेपाल भारत बिचको सम्बन्ध रोटी बेटीको मात्र नभई द्धापर र तेत्रायुगबाट नै नेपाल र भारत बिच गहिरो सम्बन्ध रहि आएको उल्लेख गरे । केदार नाथको दर्शन पशुपतिनाथको दर्शन बिना अधुरो रहने र सीता बिना राम अधुरो रहने भएकाले दुबै देशको सम्बन्ध प्रगाढ रहेको उल्लेख गरे । दुई सय बर्ष अघि मात्र भौगोलिक सीमाना कायम भएपनि नेपाल भारतको सम्बन्ध सत्ययूगदेखी नै रहेको चर्चा गरे । 

aa

नेपालबाट प्रतिनिधित्व गर्ने अर्की पत्रकार सुभद्रा प्याकुरेलले रोटीबेटीसंगसंगै नेपाल र भारतका बिच भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन । उनले संचालन गरेको माया घर नेपालमा १६ जना भारतीय महिलाहरु आश्रय लिएर बसि रहेको र उनीहरुलाई निशुल्क आफूले मायाँ घर नेपालमा हेरचार गरिरहेको जानकारी दिइन । 

भारतका तर्फबाट अररियाका बरिष्ठ पत्रकार पंकज रंजित, बरुण मिश्रा, सुपौलका ओमप्रकाश राजु, कुमार अमर, उपेन्द्र चन्दन, मनोज रोशन लगायतका पत्रकारले सीमा क्षेत्रमा दुबै देशका पत्रकारलाई निर्वाधरुपमा आवतजावत र रिपोर्टिङ गर्न पाउनु पर्ने माग राखे । दुबै देशका पत्रकारलाई एक अर्काको देशको प्रशासनले सम्मानजनक ब्याबहार गर्नुपर्नेमा जोड दिए ।