मधुमल्ला–मोरङ मिक्लाजुङका बाल गायक साहिल योङहाले केही दिन अघि गाएको एउटा गित ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ अहिले सामाजीक सञ्जालमा चर्चामा छ । सोही गितबाट चर्चामा आएका बाल गायक साहिलको आफ्नै स्वरमा गीत रेकडीङ हुने भएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालीका वाड न. ७ मा रहेको रिलाईन्स अंग्रेजी माध्यामिक बिधालय कक्षा ६ मा अध्यनरत साहिल योङहाङको गीत पत्रकार किशोर निरौलाले नयाँनयाँ खबर अनलाईन र फेसबुक पेजमा पोस्ट गरेका थिए । निरौलाले सार्बजनिक गरेको भिडीयो भाईरल भएपछी अन्य संचारमाध्यमका साथै केही यूट्यूबर समेतले योङहाङको भिडियो पोष्ट गरिरहेका छन ।
साहीलको त्यही गित हेरेर मोरङ मिक्लाजुङ गाउँपालीका वडा नं.२ घरभई हाल बिर्तामोडमा व्यवसाय गर्दै आएका बिक्रम राईले गीत रेकर्डीङकालागी सहयोग गर्ने भएका छन । साहीलले गाउने गीत भने हाललाई गोप्य राखीएको छ ।
साहील विगत ४ बर्ष मिक्लाजुङ मधुमल्लामा रहेको बिहानि कला केन्द्रमा प्रशिक्षण समेत लीईरहेकाछन । वरिष्ठ गायक तथा संगितकार विशाल राईसंग संगीतको कक्षा समेत लीइरहेकाछन । साहील मेहेनती र अनुसाषीत विद्यार्थी भएको प्रशिक्षक विशाल राई बताए । अब केही दीनमा नै साहिलको आवाजमा गित रेकर्डिङ हुने पत्रकार किशोर निरौलाले बताए ।