All Posts By खबर पलपल

    Showing २०१-२१० of १,०४२ items.
  • आज हरितालिका तीज : प्रधानमन्त्री देउवाद्वारा शुभकामना

    काठमाडौँ — आज हरितालिका तीज । भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ मनाउने गरिन्छ । यो पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • ४०१ पटक पढिएको
  • विराटनगरमा ५८ सहित प्रदेश १ मा ४५० जना संक्रमित

    विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३७, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा १०, इलाममा ९, उदयपुरमा ४, पाँचथरमा ३, भोजपुरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५८, लेटाङमा २९, बेलबारीमा २५, सुन्दरहरैचामा ७, धनपालथानमा ६, पथरीशनिश्चरेमा ४, बुढीगंगामा ३, कटहरीमा २, मिक्लाजुङ, रतुवामाई र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ५५, धरानमा ९, राम

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • ३४८ पटक पढिएको
  • प्रदेश –१ को १४ वटै जिल्लामा कृषी ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिने

    विराटनगर - प्रदेश –१ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा गुणस्तरिय र प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषी ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र  स्थापना गर्ने निर्णय गरेको छ । कार्यालयका सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रत्येक जिल्लामा एकिकृत संगठन संरचना तयार गरि सेवा प्रवाहा गर्ने निर्णय गरेको हो । प्रदेश भरीका कृषकहरुको सहजताका लागि भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय अन्तर्गत रहने यस्तो निर्णय गरेको हो । यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • ४११ पटक पढिएको
  • खुवासभा हत्या प्रकरण : डीआईजी अरुणकुमार बिसी घटनास्थलतर्फ

    विराटनगर- संखुवासभा हत्या प्रकरणका बारेमा थप जानकारी लिन र त्यहाँको पछिल्लो बस्तुस्थिति बुझ्नलाई प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी घटनास्थलतर्फ लागेकाछन । स्थलगत रूपमै गएर घटनाको वास्तविकता पत्ता लगाएर अनुसन्धानलाई निस्कर्षमा पुर्याउन बीसि बुधबार बिहान विराटनगरबाट घटनास्थलतर्फ गएकाहुन । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको थियो । बीसीले घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धीको जानकारी लिने छन । साथै अनुसन्धानमा खटिएका प्रहरीलाई हौसला प्रदान गर्दै आगामी अनुसन्धानमा अपनाउनुपर्ने रण

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • ३७० पटक पढिएको
  • पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी

    पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । यस्तै प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले ३० रनको योगदान दिए । नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • ३५७ पटक पढिएको
  • प्रहरीले नै थुनुवाको हत्या गरेको आशङ्कामा विराटनगरमा प्रदर्शन

    विराटनगर-  हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि विराटनगरमा मङ्गलबार पनि प्रदर्शन भएको छ । गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३९ वर्षीय भीम कामतको मृत्यु भएपछि आफन्तहरूले विराटनगरको घाँच चोकमा प्रदर्शन गरेका हुन् । मङ्गलबार एम्बुलेन्समा शव बोकेर धरान–विराटनगर सडकखण्डमा आवागमन बन्द गराउँदै प्रदर्शन गरिएको थियो । यसअघि सोमबार आफन्त र स्थानीयले जिल्ला प्रशासन कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका थिए ।आइतबार साँझबाट प्रहरीको विरुद्धमा उत्रिएका कामतका परिवारजन, आफन्त र छिमेकीले अस्पतालबाट शव नबुझी सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । घटनाको सत्

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • ३३७ पटक पढिएको
  • प्रदेश १ मा मंगलबार ३ सय ९९ जनामा कोरोना संक्रमण

    विराटनगर - प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा ६, इलाममा ३, पाँचथर, उदयपुर र संखुवासभामा १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ८९, पथरीशनिश्चरेमा १०, केराबारीमा ७, बेलबारी र उर्लाबारीमा ३–३, बुढीगंगा, ग्रामथान, रंगेली र सुन्दरहरैचामा २–२, कटहरी, रतुवामाई, कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ७३, धरानमा ४, रामधुनीमा ३, इनरुवामा २, द

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • ४७२ पटक पढिएको
  • उच्च अदालतद्धारा सरकारसँग कोरोना बिमा भुक्तानी नगर्नुको लिखित जवाफ माग

    विराटनगर - उच्च अदालत विराटनगरले कोरोना बिमा गराएका कोरोना संक्रमितहरुलाई सम्झौता बमोजिम बिमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा बिमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरको थियो । सोही रिटमाथि सुनुवाई गर्दै न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले १५ दिन भित्र लिखित कारण पेश गर्न आदेश दिएको छ ।नेपाल पत्रकार महासंघ मोरङ शाखाले बिमा सम्झौता गर्ने अजोड इन्सोरेन्स लिमिटेड, बिमा समिति, अर्थ मन्त्रालय, र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • २९३ पटक पढिएको
  • कोरोना नियन्त्रण गर्न सहकार्य आवश्यक : प्रधानमन्त्री देउवा

    काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी रोक्न एक देशको प्रयासले मात्र सम्भव नहुने बताएका छन् । प्रधानमन्त्रीले कोरोना भाइरस नियन्त्रण गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरबाट सबैको सहयोग र सहकार्य आवश्यक छ भने । विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसियाली राष्ट्रको ७४औँ क्षेत्रीय समिति बैठक शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परेको चर्चा गरे ।हालको अवस्थामा दक्षिणपूर्वी एसियाली क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउन बैठकले महत्त्वपूर्ण निर्णय लिने बताउँदै प्रधानमन

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • २७० पटक पढिएको
  • नेपाल र पपुवा न्युगिनीबीच आज पहिलो एकदिवसीय खेल हुँदै

    काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको दुई एकदिवसीय सिरिजको खेलमध्ये पहिले खेल आज हुँदैछ । यस अघि भदौ २० र २३ मा हुने तालिका रहेकोमा त्यसलाई परिवर्तन गरेर पहिलो खेल भदौ २२ र दोस्रो खेल २५ गते गर्ने तालिका सार्वजनिक भएको थियो ।अहिले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् । यसैक्रममा पिएनजीसँग खेल्न लागेको हो ।खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुरु हुनेछ । नेपालले अन्तिम ओडिआई खेल आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु मैदान टियुमा अमेरिकासँग खेलेको थियो

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • ३६२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल