विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३७, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा १०, इलाममा ९, उदयपुरमा ४, पाँचथरमा ३, भोजपुरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ५८, लेटाङमा २९, बेलबारीमा २५, सुन्दरहरैचामा ७, धनपालथानमा ६, पथरीशनिश्चरेमा ४, बुढीगंगामा ३, कटहरीमा २, मिक्लाजुङ, रतुवामाई र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ५५, धरानमा ९, रामधुनी र बराहक्षेत्रमा ४–४, दुहवी, बर्जु र इनरुवामा १–१, झापाको  दमक र विर्तामोडमा १३–१३, मेचीनगरमा ११, भद्रपुरमा ७, शिवसताक्षीमा ६, कनकाई र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र गौरादहमा ३–३, बाहृदशीमा २, बुद्धशान्ति र गौरीगञ्जमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ९, साँघुरीगढीमा १, इलामको चुलाचुली र सुर्योदयमा ३–३, इलाम नगरपालिकामा २, देउमाईमा १, उदयपुरको चौदण्डीगढी, त्रियुगा, उदयपुरगढी र कटारीमा १–१, पाँचथरको फिदिम, हिलिहाङ, याङवरकमा १–१, भोजपुरको भोजपुर नगरपालिका र साल्पासिलिछोमा १–१, र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा बुधबार १९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९७ महिला र १०१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।