विराटनगर - प्रदेश –१ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा गुणस्तरिय र प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषी ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र  स्थापना गर्ने निर्णय गरेको छ । कार्यालयका सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रत्येक जिल्लामा एकिकृत संगठन संरचना तयार गरि सेवा प्रवाहा गर्ने निर्णय गरेको हो ।

प्रदेश भरीका कृषकहरुको सहजताका लागि भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय अन्तर्गत रहने यस्तो निर्णय गरेको हो । यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रि लक्ष्मण तिवारीले जानकारी दिए ।उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लाका पूर्वाधार विकास कार्यालयहरु स्थापना गर्ने निर्णय भएको छ ।

यस अन्तर्गत सडक, शहरी विकास, झोलुङ्गे पुल तथा पक्की पुल लगायतका काम पर्छन् । यस्तै खानेपानी, सिचाई, उर्जा, जलश्रोत लगायतका विषयका काम कारवाहीलाई प्रभावकारी बनाउन १४ वटै जिल्लामा खानेपानी तथा जलश्रोत व्यवस्थापन कार्यालयको स्थापना गर्ने निर्णय गरिएको छ । 

यस अघि मन्त्रि परिषदको बैठकले यातायात व्यवस्था र मालपोत कार्यालयको गुणस्तरिय सेवा प्रभाहका लागि अनलाइन प्रणालीमा सेवा प्रभाव गर्ने निर्णय गरि सकेको छ । जनतालाई घर दैलोमा गुणस्तरिय सेवा प्रवाह गर्ने कामलाई  प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको मन्त्री तिवारीले बताए ।