All Posts By खबर पलपल

    Showing १६१-१७० of १,०४२ items.
  • भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल बीरगञ्ज आइपुग्याे

    वीरगञ्ज — भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल बीरगञ्ज आइपुगेको छ । भारतको हल्दियाबाट सो रेल बुधबार विहान १०:१५ बजे बीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दर्गाहमा आइपुगेको हो । यस अघि भारतीय सरकारको समित्व भएको रेल मात्र नेपाल आउने गरेकोमा यो निजी क्षेत्रको पहिलो रेल हो । भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने विषयमा गत असार २५ गते सभ्झौता भएको र सो अनुसार नेपालमा निजी रेल आउन सम्भव भएको हो ।

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • २५४ पटक पढिएको
  • सडकमा छाडेको मोटरसाइकलमा भेटियो नौ किलो गाँजा

    मोरङको विराटनगर महानगरपालिकामा सडकमा छाडेको मोटरसाइकलमा नौ किलो गाँजा फेला परेको छ । विराटनगर महानगरपालिका–१८ बाट सशस्त्र प्रहरीले वेवारिसे रूपमा छोडिएको मोटरसाइकलबाट नौ किलो गाँजा बरामद गरेको हो ।जतुवातर्फ जाँदै गरेको को३३प ६६८० नम्बरको मोटरसाइकलका चालकले बाटोमा प्रहरीलाई देखेपछि मोटरसाइकल छाडेर भागेका थिए । प्रहरीले मोटरसाइकल खानतलासी गर्दा मोटरसाइकलमा बाँधिएको जेब्रा झोलाभित्र नौ किलो गाँजा फेला परेको थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार गाँजा र गाँजा बरामदका लागि प्रयोग गरिएको मोटरसाइकल सोमबार दिउँसो आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइए

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ३०२ पटक पढिएको
  • प्रदेश १ मा मंगलबार ३ सय ९० जनामा कोरोना संक्रमण

    विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२, झापामा १०१, सुनसरीमा ६१, इलाममा ८, ताप्लेजुङ, धनकुटा र उदयपुरमा २–२, पाँचथर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ४४, लेटाङमा १६, पथरीशनिश्चरेमा १५, बेलबारीमा ९,  उर्लाबारीमा ५, केराबारीमा ३, धनपालथान, कटहरी र रंगेलीमा २–२, बुढीगंगा, सुन्दरहरैचा, कानेपोखरी र ग्रामथानमा १–१, झा

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • २५६ पटक पढिएको
  • ग्रामीण विकास समाज केन्द्रद्धारा १ सय ५० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

    विराटनगर-  बालदिवसकै अवसरमा विराटनगरस्थित ग्रामीण विकास समाज केन्द्रले १ सय ५० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।समाजले विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न समुदायका १ सय ५० जना छात्रछात्रालाई स्कुल ब्यागसहितका शैक्षिक सामग्री वितरण गरेको हो । स्कुल परिसरमा आज आयोजित बालदिवस विशेष कार्यक्रमका बीच प्रदेश एकका सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले समाजको तर्फबाट विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरे। सो अवसरमा बोल्नुहुँदै मन्त्री साम्सोहाङले बालबालिकाहरु देशको भविष्य रहेको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा थप कामहरु गर्नुपर्ने आवश्यकता रहेको बताए

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ५४५ पटक पढिएको
  • बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

    विराटनगर-  प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच  प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण :बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितिय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम विर्तामोडकी भावना चौहान सान्तवना भएका थिए । बक्

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ४४७ पटक पढिएको
  • जनप्रतिनिधिकै अवरोधले रोकियो विराटनगरको आकाशे पुल निर्माण

    विराटनगर- जनप्रतिनिधि र स्थानीयको विरोधका कारण विराटनगरका विभिन्न स्थानमा निर्माण गर्ने भनिएका आकाशे पुलको काम रोकिएको छ । पुल निर्माण थाल्न लाग्दा विरोध सुरु भएको छ । सडक यात्रुको सहजता र सुरक्षाका लागि निर्माण कार्य अघि बढाउनलाई गत वर्ष चैतमा आकाशे पुलको शिलान्यास गरिएको थियो । पछिल्लो समय महानगरको प्राविधिक टोलीले सर्भे गर्दै विराटनगरको कन्चनबारी, बरगाछी र बसपार्कमा पुल निर्माणको प्रक्रिया अघि बढाएको थियो । तर केही जनप्रतिनिधि र स्थानीयले अवरोध गरिदिएको विराटनगर महानगरपालिकाले जनाएको छ । मेयर भीम पराजुलीले नगरको सुन्दरता र जनताको सुरक्षासंँग जोडिएको पुल निर्माण अघि बढ्न नदिनु आश्चर्यजनक भएक

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ४९५ पटक पढिएको
  • राजीव दाइकै लयमा चल्ने योजना छ : सभापतिका उम्मेदवार भण्डारी

    नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशनको प्रक्रियामा लागिरहँदा देशैभरि कांग्रेसको सरगर्मी बढ्दै गएको छ । अझ, मुलुककै कांग्रेसको गढ मानिने सुनसरीमा सरगर्मी नबढ्ने कुरा भएन । कांग्रेस सुनसरीका वर्तमान जिल्ला सचिव केदार भण्डारीले यसअघि नै जिल्ला सभापतिको दावेदारी गरिसकेका छन् । पार्टीको काममा दृढसंकल्पित भएर लाग्ने उनको बानीलाई जिल्लाभरि नै सबैले तारिफ गर्दै आएका छन् ।हुनत पछिल्लो समय सुनसरी कांग्रेस सभापतिमा तीन–चार जनाको नाम सुनिँदै आइएको छ । तर त्यसमध्ये भण्डारी दाबेदार मानिन्छन् । किनकि उनी दुई कार्यकाल सुनसरी कांग्रेस सचिवको अनुभव संगालिसकेका व्यक्ति हुन् । हालसम्म वर्तमान सभापति राजीव कोइराला

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • १,९८१ पटक पढिएको
  • फोनमा वडाध्यक्षलाई धम्की दिएर २० लाख रुपैयाँ माग्ने युवक पक्राउ

    इटहरी उपमहानगरपालिका–१९ का वडाध्यक्षलाई फोनमा धम्की दिएर पैसा मागेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले वडाध्यक्षलाई धम्की दिएर पैसा मागेको आरोपमा झापाको दमक नगरपालिका–१ का २४ वर्षीय पुण्यबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार गत असार १३ गते वडाअध्यक्ष नारायण चौधरीलाई अपरिचित नम्बरबाट फोन गरी गाली गलौच गदै धम्की दिँदै २० लाख मागिएको थियो । घटनापछि प्रहरीले खोजी गर्ने क्रममा उनलाई सोमबार उनकै घरबाट पक्राउ गरेको डिएसपी कार्कीले बताए । पक्राउ परेका श्रेष्ठउपर मुलुकी अपराध संहिता ऐन– २०७४ बमोजिम अभद्र

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ११८ पटक पढिएको
  • १६ वर्षीया सुस्मिता ऋषिदेव एक दिनको लागि गाउँपालिका अध्यक्ष

    मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मङ्गलबार एक दिनका लागि गाउँपालिका प्रमुख हुने भएकी छन् । ५७औँ राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम मङ्गलबार उनले गर्ने भएकी हुन् ।राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीका अनुसार स्थानीय सरकार के हो र यसले कसरी काम गर्छभन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उदेश्यले बालिकालाई एक दिने जिम्मेवारी दिएर गाउँपालिका प्रमुख बनाउन लागिएको हो ।बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउने र राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउने योजना अनुसार कार्यक्रम तय गरिएको हो । भदौ २९ गते गाउ

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ४२३ पटक पढिएको
  • दलको नेता चयनबारे प्रदेश १ संसदलाई जानकारी

    विराटनगर -  नेकपा (एकीकृत समाजवादी) प्रदेश १ ले संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरेको भन्दै प्रदेशसभालाई जानकारी दिएको छ ।समाजवादी दलको तर्फबाट सावित्री कुमारी रेग्मीले प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीलाई दलको नेता चयन भएको पत्र सोमबार हस्तान्तरण गरेकी हुन् ।शनिबार बसेको दलको बैठकले भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी आजै प्रदेशसभा सचिवालयलाई दिने तयारी गरेको थियो । सोही अनुसार जानकारी गराएको रेग्मीले बताइन् ।बैठकले अन्य गठबन्धन दलहरुसँग वार्ता गर्न संसदीय दलका नेता राजेन्द्र राई र सांसद राजन राईको नेतृत्वमा समिति निर्माण गरेको छ । विपक्षी

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • २८७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल