मोरङको विराटनगर महानगरपालिकामा सडकमा छाडेको मोटरसाइकलमा नौ किलो गाँजा फेला परेको छ । विराटनगर महानगरपालिका–१८ बाट सशस्त्र प्रहरीले वेवारिसे रूपमा छोडिएको मोटरसाइकलबाट नौ किलो गाँजा बरामद गरेको हो ।

जतुवातर्फ जाँदै गरेको को३३प ६६८० नम्बरको मोटरसाइकलका चालकले बाटोमा प्रहरीलाई देखेपछि मोटरसाइकल छाडेर भागेका थिए । प्रहरीले मोटरसाइकल खानतलासी गर्दा मोटरसाइकलमा बाँधिएको जेब्रा झोलाभित्र नौ किलो गाँजा फेला परेको थियो । 

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार गाँजा र गाँजा बरामदका लागि प्रयोग गरिएको मोटरसाइकल सोमबार दिउँसो आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । 

एसपी पौडेलले गाँजा र मोटरसाइकल छाडेर फरार बनेकाको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको जानकारी दिए ।