वीरगञ्ज — भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल बीरगञ्ज आइपुगेको छ । भारतको हल्दियाबाट सो रेल बुधबार विहान १०:१५ बजे बीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दर्गाहमा आइपुगेको हो ।

यस अघि भारतीय सरकारको समित्व भएको रेल मात्र नेपाल आउने गरेकोमा यो निजी क्षेत्रको पहिलो रेल हो । भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने विषयमा गत असार २५ गते सभ्झौता भएको र सो अनुसार नेपालमा निजी रेल आउन सम्भव भएको हो ।