इटहरी उपमहानगरपालिका–१९ का वडाध्यक्षलाई फोनमा धम्की दिएर पैसा मागेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले वडाध्यक्षलाई धम्की दिएर पैसा मागेको आरोपमा झापाको दमक नगरपालिका–१ का २४ वर्षीय पुण्यबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । 

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार गत असार १३ गते वडाअध्यक्ष नारायण चौधरीलाई अपरिचित नम्बरबाट फोन गरी गाली गलौच गदै धम्की दिँदै २० लाख मागिएको थियो । 

घटनापछि प्रहरीले खोजी गर्ने क्रममा उनलाई सोमबार उनकै घरबाट पक्राउ गरेको डिएसपी कार्कीले बताए । पक्राउ परेका श्रेष्ठउपर मुलुकी अपराध संहिता ऐन– २०७४ बमोजिम अभद्र व्यवहारमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।