समाचार

    Showing १६१-१७० of ९५० items.
  • मुख्यमन्त्री आचार्यद्धारा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश, आइतबार मतदान

    विराटनगर-  प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेकाछन । प्रस्तावमाथि आइतबारको बैठकमा मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले बताए । विश्वासको मत लिनेसम्बन्धी मुख्यमन्त्रीको प्रस्तावमा आइतबार मतदान गर्ने सहमति कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएसँगै आचार्य नेतृत्वको सरकारको आयु आइतबारसम्म लम्बिएको हो । विश्वासको मत लिनका लागि असोज २५ गते मुख्यमन्त्री आचार्यले प्रदेशसभा सचिवसमक्ष सूचना दिएका थिए । प्रदेश सभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनका पक्षमा ५० सांस

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ३३२ पटक पढिएको
  • प्रदेश १ मा बाढी र पहिरोको कारण ६२ जनाले ज्यान गुमाए

    विराटनगर-बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन । सयौ घर डुवानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृत्यु , १० जना घाईते र ६ जना बेपत्ता भएका हुन् । यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपाल

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ४३९ पटक पढिएको
  • उद्योग संगठन र मोरङ व्यापार संघद्वारा ४ लाख बराबरको राहत सामाग्री हस्तान्तरण

    विराटनगर-बेमौसमी बर्षात र त्यसबाट उत्पन्न बिषम परिस्थितिको कारण बाढी र ढुवानबाट प्रभावितहरुका लागि उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले ४ लाख बराबरको खाद्य समाग्री जिल्ला प्रशासन कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन । मोरङ व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीका अनुसार ४ लाख बराबरको चिउरा, भुजा, चाउचाउ, विस्कुट र खानेपानी सहितको सामाग्री सहायक प्रमुख जिल्ला अधिकारी द्वय महेश तिम्सिना र शरदकुमार पोखरेललाई हस्तान्तरण गरिएको छ । मोरङ जिल्लामा बाढीको कारण धेरैले घरबार बिहिन बन्नु परेको अवस्थामा राहत स्वारुप प्रशासनलाई उक्त सामाग्री दुई चरणमा हस्तान्तरण गरिएको हो ।

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ४६९ पटक पढिएको
  • प्रदेश १ को संसद बैठक आज दिउँसो बस्दै

    विराटनगर-  मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको प्रदेश १ को प्रदेशसभा बैठक शुक्रबार दिउँसो बस्दै छ । प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक दिउँसो १ बजे बस्ने भएको हो । मुख्यमन्त्री आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव बैठकमा पेस हुने बताइएको छ । उक्त प्रस्ताव असोज २५ गते संसद सचिवालयमा दर्ता भएको थियो । आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका हुन । दल विभाजन भएको एक महिनाभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसबीचमा मुख्यमन्त्री आचार्यले प्रदेश पर्यटन बोर्ड, खेलकुद बोर

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ३१४ पटक पढिएको
  • सुनसरी मोरङ औद्योगिक करिडोरका अधिकांस उद्योगमा बाढी पस्यो

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका अधिकांस उद्योगहरुमा बेमौसमी बर्षाको कारणले पसेको बाढीले करोडौंको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग संगठन मोरङले बाढीको क्षतिबारे तथ्यांक संकलन सुरु गरेको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयसराज प्याकुरेलले सुनसरी मोरङ औद्योगिक करिडोरका अधिकांस उद्योगमा बाढी पसेर क्षति पुगेको तर कति क्षति भयो भन्ने यकिन नभएको बताए । उनले भने‘हामीले उद्योगीहरुसंग तथ्यांक संकलन गरिरहेका छौं तथ्यांक सहित दुईतीन दिनमा क्षतिको विवरण सार्बजनि गर्नेछौं ।                           

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ६३८ पटक पढिएको
  • बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या सय नाघ्यो, ४० जना घाइते

    विराटनगर -  अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आजसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ३५३ पटक पढिएको
  • जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्षको सपथग्रहण

    विराटनगर- प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ । सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा वोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सपथ गराएकाहुन । खेलकुद विकास बोर्डले बुधबार १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरुले पूर्णता पाएसँगै प्रदेश १ को खेलक्षेत्रले फड्को मार्ने बताए  । लामो समय देखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहर

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ३६० पटक पढिएको
  • प्रदेश १ मा ६५ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण भएको छ । ४०१ जनाको पीसीआर परीक्षण गर्दा ५५ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा १९, सुनसरीमा ११, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा ७, कमल गाउँपालिकामा ५, दमक र मेचीनगरमा ३–३, बाहृदशीमा २, भद्रपुर, कनकाई र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा १४, सुन्दरहरैचा र कानेपोखरीमा २–२, बेलबारीमा १, सुनसरीको इटहरीमा १० र धरानमा १, उदयपुरको चौदण्डीगढी र इलामको माई जोगमाईमा १–

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २९१ पटक पढिएको
  • प्रदेश १ मा बाढी पहिरोमा परेर ४९ जनाको मृत्यु

    विराटनगर- सोमबार देखिको अविरल बर्षासँगै आएको बाढी पहिरोमा परि प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ । ७ जना वेपत्ता छन् । बुधबार साँझ सम्म बाढी पहिरोमा परेर पाँचथरमा २२, इलाममा १२, धनकुटामा ६, सुनसरीमा ५, उदयपुरमा २, भोजपुर र मोरङमा १–१ जनाको मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । उनका अनुसार सुनसरीमा ७  जना वेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको एसपी राईले बताए । धनकुटाबाट ६ जना घाईतेको प्रहरीले उद्धार गरेको छ । बाढी पहिरोमा परेर घाईते भएका उनीहरुको उद्धार गरिएको एसपी राईले बताए । प्रदेश १ का विभिन्न जिल्लाहरुबाट क्षतिको वि

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २६० पटक पढिएको
  • विराटनगर विमानस्थल डुबानको फोटो फिचर

    विराटनगर-विराटनगर विमान स्थलको धावनमार्गमा एक फिट भन्दा बढी पानी जमेको कारण विराटनगरबाट राजधानी काठमाडौंका लागि हुने बुधबारका उडानहरु रद्ध गरिएका छन । विमानस्थलको मूलगेट र विमानस्थलको धावन मार्ग उत्तर पश्चिममा रहेको बस्ता खोला धानमार्गमा पसेपछि जलमग्न बनेको विमानस्थल टर्मीनल भवन समेत जलमग्न बनेको छ ।विराटनगरमा मंगलबार बेलुका ५ बजेर ४५ मिनेट देखी बुधबार बुधबार विहान ८ : ४५ बजे सम्ममा ३२३ मिलिमिटर पानी परेको विराटनगर विमानस्थलमा रहेको हावापानी कार्यालयले जनाएको छ । फोटो फिचर ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ४२१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल