विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका अधिकांस उद्योगहरुमा बेमौसमी बर्षाको कारणले पसेको बाढीले करोडौंको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग संगठन मोरङले बाढीको क्षतिबारे तथ्यांक संकलन सुरु गरेको छ । 

a7d3c9c4-b488-442a-9ba6-cd11f830b7aa

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयसराज प्याकुरेलले सुनसरी मोरङ औद्योगिक करिडोरका अधिकांस उद्योगमा बाढी पसेर क्षति पुगेको तर कति क्षति भयो भन्ने यकिन नभएको बताए । उनले भने‘हामीले उद्योगीहरुसंग तथ्यांक संकलन गरिरहेका छौं तथ्यांक सहित दुईतीन दिनमा क्षतिको विवरण सार्बजनि गर्नेछौं ।                                           f60805ab-5e0e-493b-8267-ed8336af77d1

उद्योग भित्र छिरेको पानी कसरी बाहिर निकाल्ने, पानीमा डुबेका कच्चा पदार्थ र तयारी बस्तु कसरी जोगाउने भन्ने ध्याउन्नमा उद्योगीहरु रहेकाले तत्कालै तथ्यांक आउन नसकेको प्याकुरेलले बताए । उनका अनुसार सुनसरी मोरङ औद्योगिक करिडोरका करिब ८० प्रतिशत उद्योगमा पानी पसेको छ ।                                                                be0add83-ef16-492c-bdcf-931d0ac7d9c1

उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुडामणी भट्टराईले आफुहरुले उद्योगको स्थलगत निरिक्षण समेत गरेको र तत्कालै उद्योगीहरुले उद्योगको क्षतिका बारेमा उद्योग संगठनले विकास गरेको अनलाईन फर्म भरेर क्षतिको विवरण उपलब्ध गराएपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा बाढीको कारणले भएको क्षतिको तथ्यगत विवरण आउने  र संगठनले त्यसलाई सार्बजनिक गर्ने बताए ।4f8fdbfe-4733-443b-88ca-3f252b77fd8d

मोरङ व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीले बुढीगङ्गा, दुहबी, सोनापुर, इटहरी र मोरङको कटहरी क्षेत्रका अधिकांश उद्योगमा बाढीको पानी पसेर तहसनहस पारेको बताए । उनले अधिकांस उद्योगहरुले पानीको कारण उत्पादन बन्द गरेर उत्पादित बस्तु र कच्चा पदार्थको ब्यवस्थापन थालेको जानकारी दिए । रेग्मीले उद्योगका मेसिन, मोटर, औजार, कच्चा माल, प्याकेजिङ सामग्री, गोदामका तयारी माल, ढुवानीका साधन लगायत धेरैतिर नोक्सानी भएको जानकारी दिए ।                                                           56f97276-330e-45cf-a37e-47872e2ec389

नेपाल उद्योग परिसंघका प्रदेश १ उपाध्यक्ष तथा क्वालिटी बिस्कुटका सञ्चालक नबलकिशोर काबराले आफ्नो उद्योगमा ५ करोडभन्दा बढीको क्षति हुनसक्ने अनुमान गरे । बिहीबार उद्योग परिसरमा ६ वटा पम्प लगाएर पानी फालिरहेको उल्लेख गर्दै उनले पानीले विस्कुटमा बढी क्षति पुर्‍याउने भएकाले क्षतिको विवरण संकलन गर्न एक साता लाग्ने बताए ।                                                                       b44cdfa6-2524-453d-8464-0e5fe0773dfc

नेपाल उद्योग परिसंघका महानिर्देक विजयहरि शर्माले उद्योगहरुमा बाढीको कारण करोडौंको क्षति पुगेको उल्लेख गर्दै विमाको रकम तत्काल उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन । उद्योगहरुमा मेशिनरी, तयारी बस्तु र कच्चा पदार्थको समेत क्षति भएकाले उद्योगहरुले संचालन हुदा सम्म निकै क्षति ब्यहोर्नु पर्ने अवस्था रहेकाले विमा रकमको भुक्तानीमा ढिलाइ नहोस भनेर विमा समितिका अध्यक्षको ध्यानाकर्षण गराएका छन । तस्बिर सौजन्य : उद्योग संगठन मोरङ

9a0aa41a-34cb-46e8-94c9-83b083c336c5