विराटनगर- सोमबार देखिको अविरल बर्षासँगै आएको बाढी पहिरोमा परि प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ । ७ जना वेपत्ता छन् । बुधबार साँझ सम्म बाढी पहिरोमा परेर पाँचथरमा २२, इलाममा १२, धनकुटामा ६, सुनसरीमा ५, उदयपुरमा २, भोजपुर र मोरङमा १–१ जनाको मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।

उनका अनुसार सुनसरीमा ७  जना वेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको एसपी राईले बताए । धनकुटाबाट ६ जना घाईतेको प्रहरीले उद्धार गरेको छ । बाढी पहिरोमा परेर घाईते भएका उनीहरुको उद्धार गरिएको एसपी राईले बताए । प्रदेश १ का विभिन्न जिल्लाहरुबाट क्षतिको विवरण संकलनको काम भईरहेको एसपी राईले जानकारी दिए ।