विराटनगर-बेमौसमी बर्षात र त्यसबाट उत्पन्न बिषम परिस्थितिको कारण बाढी र ढुवानबाट प्रभावितहरुका लागि उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले ४ लाख बराबरको खाद्य समाग्री जिल्ला प्रशासन कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन । 


मोरङ व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीका अनुसार ४ लाख बराबरको चिउरा, भुजा, चाउचाउ, विस्कुट र खानेपानी सहितको सामाग्री सहायक प्रमुख जिल्ला अधिकारी द्वय महेश तिम्सिना र शरदकुमार पोखरेललाई हस्तान्तरण गरिएको छ । मोरङ जिल्लामा बाढीको कारण धेरैले घरबार बिहिन बन्नु परेको अवस्थामा राहत स्वारुप प्रशासनलाई उक्त सामाग्री दुई चरणमा हस्तान्तरण गरिएको हो ।