समाचार

    Showing १५१-१६० of ९५० items.
  • गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

    विराटनगर- गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन सञ्चारकर्मीलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाले २०७७ सालको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीलाई सम्मानित गर्ने आज निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार गत वर्ष प्रदान गर्न सकिएको थिएन । यस्तै, गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार, २०७८ बाट युनियनका पूर्व जिल्ला अध्यक्ष कुमोद अधिकारी र पूर्व जिल्ला कोषाध्यक्ष दिनेश गिरीलाई सम्मानित गरिने नेपाल प्रेस युनियन मोरङका सचिव गोपाल पोखरेलले जानकारी दिए । पुरस्कारको राशि जनही रु १५ हजार

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • २६८ पटक पढिएको
  • मन्त्री झाँक्री अस्पताल भर्ना

    काठमाडाैं—सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने,  “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • २२९ पटक पढिएको
  • ९४ तोला चाँदीसहित एक जना पक्राउ

    विराटनगर- मोरङको रतुवामाई नगरपालिकाबाट ९४ तोला चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई - ३ छालगाछीका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेका छन् ।मङ्गलबार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनका साथबाट बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • २२४ पटक पढिएको
  • जन्म कैदको सजाय पाएका गोरेलाई थप १० वर्ष कैद र एकलाख जरिवाना

    विराटनगर-३३ किलो सुन तस्करी प्रकरणमा जन्म कैदको सजाय पाएका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप  १० वर्ष कैद सजाय तोकेको छ । उप्रेतीलाई शाक्यको अपहरण गरि शरिर वन्धक वनाएको मुद्धामा दोषी ठहर गर्दै थप १० बर्ष सजाय सुनाएको हो । जिल्ला अदालतका मुख्य न्यायधिश भरत लम्सालको इजलसले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेती सहित ६ जनालाई जन्म कैद, एकलाई तिनवर्ष र एकलाई ६ महिना कैद सजाय तोकेर बाँकी सम्पर्कमा रहेका सवै प्रतिवादीलाई सफाई दिएको थियो ।त्यो बेला उप्रेतीलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • २७९ पटक पढिएको
  • फुजीमाको इन्जिन आयल प्रयोग गर्दा कुनै समस्या आएमा सतप्रतिशत क्षतिपूर्ति दिइने

    विराटनगर-फुजीमा आयल कम्पनी प्रालिले उत्पादन गरेको इन्जिन आयल तथा ग्रिजहरु प्रयोग गर्दा इन्जिन र मेशिनरीमा कुनै समस्या आएमा कम्पनीले शतप्रतिशत क्षतिपूर्ति दिने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक उत्पादीत सामाग्री प्रयोग वापद हुने खराबीको विमा(product liability insurance) गरेको छ । कम्पनीले एक करोड सम्मको क्षतिको शतप्रतिशत भुक्तानी गर्नेगरि हिमाल इन्स्योरेन्स कम्पनीसंग सम्झौता पनि गरेको छ । २७ बर्षदेखी नेपालमै इन्जिन आयल र ग्रिज उत्पादन गर्दै आएको फुजीमा कम्पनीको कन्ट्रोल लुब्रिकेन्ट निकै लोकप्रिय ब्राण्ड मानिन्छ । कम्पनीले म्याजिक प्लस र रोयल ब्राण्डमा पनि इन्जिन आयल र ग्रिजका ७० भेराटिजह

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ३६२ पटक पढिएको
  • वर्षाले सुनसरी मोरङ सिँचाइ आयोजना ठप्प

    विराटनगर-कात्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । यही कात्तिक १ र २ गते परेको अविरल वर्षाबाट नहरका संरचना भत्किएर तत्काल पानी सञ्चालन गर्ने अवस्था नरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए ।उनले सुनसरीको चतरादेखि मोरङसम्म ५३ किमी लम्बाइ रहेको चतरामूल नहरको २० शाखामा १४ वटा स्थानमा फुटेको छ । अब आउने गहुँको मौसम र तत्कालै सुरु हुने छठ पर्वका निम्ति पनि नहर सञ्चालन गर्न सकिने अवस्था नरहेको र नहरलाई तत्काल सञ्चालन गर्न रु पाँच करोड भन्दा बढी रकम आवश्यक पर्ने प्रमुख यादवले बताए ।अविरल वर्षाले मूल नहरकै चा

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ३४८ पटक पढिएको
  • कांग्रेस पछि हटेपछि प्रदेश १ मा सरकार ढल्ने नढल्ने दोधार

    विराटनगर-केन्द्रिय नेतृत्वले भनेजसरी आत्मसमर्पण गरेर सत्तामा नजाने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश १ का सचेतक केदार कार्कीले बताएका छन । जनताले प्रतिपक्षको भूमिकामानै कांग्रेसलाई  हेर्न चाहेकाले तत्कालै सत्तामा जाने हतारो आफुहरुलाई नरहेको उनले प्रष्ट पारेका छन । यस अघि कांग्रेस सहित नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जसपा र संघिय लोकतान्त्रिक मञ्च सहितका दल सम्मिलित भएर प्रदेश १ मा नयाँ सरकार गठन गर्ने सहमति समेत जुटिसकेको थियो । जस अनुसार मुख्यमन्त्रीले आइतबार आफ्नो पक्षमा बहुमत देखाउने गरि विश्वासको मत लिने कार्यक्रम थियो । तर नेपाली कांग्रेसकै कारणले मुख्यमन्त्रील

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ८६२ पटक पढिएको
  • पाँचदिन पछि विराटनगर विमानस्थल खुल्यो, धमाधम विराटनगर काठमाडौं उडान

    विराटनगर-पाँचदिन पछि विराटनगर विमानस्थल सुचारु भएको छ । आज विहानैबाट काठामाडौंका लागि उडान सुरु भएको छ । बेमौसमी बर्षाको कारण बस्ता खोलाको बाढी विमानस्थल भित्र प्रवेश गर्दा मंगलबारदेखी उडान हुन सकेको थिएन । धावनमार्ग बिहिबार नै क्लिअर भएपनि टर्मिनल, यात्रा आवागम कक्ष, भिआइपी कक्ष, कार्गो कक्ष लगायतका स्थानमा पानी जमिरहेको कारण शुक्रबार मात्र पानी सुकेकाले सरसफाई गरेर आवश्यक सुरक्षा उपकरण दुरुस्त बनाएपछि शनिबारबाट उडान सुरु गरिएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए ।

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ४४० पटक पढिएको
  • प्रदेश १ मा ९० जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । झापाको भद्रपुरमा १०, विर्तामोडमा ९,  दमक, अर्जुनधारा र शिवसताक्षीमा ३–३, हल्दिबारी र कनकाईमा २–२ र गौरादहमा १, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १, सुनसरीको धरानमा ३, इलामको इलाम नगरपालिका र माईजोग

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • २७४ पटक पढिएको
  • प्रदेश १ मा पीडित बनेकाको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

    विराटनगर- प्रदेश १ मा बाढी र पहिरोका कारण पीडित बनेकाको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भीषण वर्षापछिको बाढी, पहिरो र डुबानबाट प्रभावित बनेकाको उद्धारमा नेपाल तथा सशस्त्र प्रहरीका तालिमप्राप्त जनशक्ति परिचालित भएका हुन् । बाढी र पहिरोमा बेपत्ता भएकोको खोजी, मृतकको संख्या यकिन गर्नेदेखि लिएर अवरुद्ध सडक सञ्चालन तथा सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्नेसम्मको काममा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो । प्राकृतिक प्रकोपले निम्त्याएको विपत्तिपछिको उद्धारका लागि नेपाल प्रहरीले ५ हजार ९५ जना जनशक्ति परिचालन गरेको छ । सशस्त्र प्रहरीले २ हजारभन्दा बढीलाई बाढी एवं पहिरो प्र

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ३४९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल