विराटनगर- मोरङको रतुवामाई नगरपालिकाबाट ९४ तोला चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई - ३ छालगाछीका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेका छन् ।

मङ्गलबार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनका साथबाट बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको छ ।