विराटनगर-३३ किलो सुन तस्करी प्रकरणमा जन्म कैदको सजाय पाएका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप  १० वर्ष कैद सजाय तोकेको छ । उप्रेतीलाई शाक्यको अपहरण गरि शरिर वन्धक वनाएको मुद्धामा दोषी ठहर गर्दै थप १० बर्ष सजाय सुनाएको हो । 


जिल्ला अदालतका मुख्य न्यायधिश भरत लम्सालको इजलसले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेती सहित ६ जनालाई जन्म कैद, एकलाई तिनवर्ष र एकलाई ६ महिना कैद सजाय तोकेर बाँकी सम्पर्कमा रहेका सवै प्रतिवादीलाई सफाई दिएको थियो ।


त्यो बेला उप्रेतीलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द्रवीजंग राणाले भने असोज १९ गतेको इजलसले उप्रेतीले शाक्यको अपहरण र शरिर वन्धक वनाएको दोषी ठहर गरेपनि सजाय निर्धारण गरेको थिएन ।


राणाले भने सोमवार न्यायधिश लम्सालकै इजलसले अपहरण र शरिर वन्धकमा सजाय निर्धारण गर्दै उप्रेतीलाई थप १० वर्ष कैद, एकलाख जरिवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने पैmसला भएको हो । 


घटनाका मुख्य आरोपी उप्रेती सहित ७७ जनालाई प्रतिवादी वनाएर मोरङ प्रहरीले २०७५ बैशाख १९ गते अपराधिक समुह स्थापना गरी सञ्चालन गरेको, सुनको अबैध कारोवार गरेको, अपहरण, शरिर बन्धक र कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा विगो माग गरिएको थियो । 


असोज १९ गतेको इजलसले मुद्धाका मुख्य आरोपी उप्रेती सहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैद, राजन कुमारलाई तिनवर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको तोक्दै बाँकी ५६ जनालाई सफाई दिदै सम्पर्कमा नआएका प्रतिवादी मध्ये २१ जनाको मुद्धालाई मुलतवीमा राखेको थियो ।


मुद्धाका प्रतिवादी मध्ये सुरेन्द्र गौतम, रुस्तम मियाँ, रोहित आचार्य, टुकवहादुर मगर, मरिन तामाङ, मोहनकुमार अग्रवाल, सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, कमल कार्की, मणिराज चौलागाई, शिवकुमार गुवाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सन्जय अधिकारी, समिर अधिकारी, माधव आचार्य, अभिप्रकाब नेवार, रक्षा भण्डारी र सन्दीप खड्का फरार रहेको अदालतले जनाएको छ ।