विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको भद्रपुरमा १०, विर्तामोडमा ९,  दमक, अर्जुनधारा र शिवसताक्षीमा ३–३, हल्दिबारी र कनकाईमा २–२ र गौरादहमा १, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १, सुनसरीको धरानमा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, उदयपुरको उदयपुरगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा शुक्रबार ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा २९ महिला र २४ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।