विराटनगर-पाँचदिन पछि विराटनगर विमानस्थल सुचारु भएको छ । आज विहानैबाट काठामाडौंका लागि उडान सुरु भएको छ । बेमौसमी बर्षाको कारण बस्ता खोलाको बाढी विमानस्थल भित्र प्रवेश गर्दा मंगलबारदेखी उडान हुन सकेको थिएन । 

धावनमार्ग बिहिबार नै क्लिअर भएपनि टर्मिनल, यात्रा आवागम कक्ष, भिआइपी कक्ष, कार्गो कक्ष लगायतका स्थानमा पानी जमिरहेको कारण शुक्रबार मात्र पानी सुकेकाले सरसफाई गरेर आवश्यक सुरक्षा उपकरण दुरुस्त बनाएपछि शनिबारबाट उडान सुरु गरिएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए ।