आर्थिक

    Showing १८१-१९० of २९२ items.
  • विराटनगर भन्सार कार्यालयद्वारा ४४ प्रतिशत बढी राजश्व संकलन

    विराटनगर-विराटनगर भन्सार कार्यालयले आर्थिक बर्ष २०७६/२०७७ भन्दा ४३ दशमलव ९० प्रतिशत बढी राजश्व संकलन गरेको छ ।  २८ अर्ब ३६ करोड राजश्व आव २०७६/२०७७ मा संकलन भएकोमा गत आवमा १२ अर्ब ४६ करोड बढी अर्थात ४० अर्ब ८२ करोड राजश्व संकलन भएको छ ।  जसमा पैठारी महसुल अन्तरगत १५ अर्ब ८१ करोड ३९ लाख संकलन भएको छ भने निकासी महशुल तर्फ १५ करोड ७९ लाख ७० हजार संकलन भएको छ । त्यस्तै मूल्य अभिबृद्धि कर १९ अर्ब ६६ करोड ५६ लाख ८३ हजार संकलन भएको छ । त्यस्तै २ अर्ब ३८ करोड ६७ लाख २५ हजार आयात तर्फ अन्तरशुल्क संकलन भएको छ । ९८ करोड ५१ लाख ८९ हजार रुपैया कृषि सुधार शुल्क भन्साले संकलन गरेको छ । त्

    • प्रकाशित मितिः श्रावण ६, २०७८
    • ५५२ पटक पढिएको
  • बजार अनुगमनबाट आर्थिक वर्ष २०७७/०७८ मा १९ लाख जरिवाना असुल

    विराटनगर– बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर आर्थिक वर्ष २०७७–०७८ मा बजार अनुगमनबाट १९ लाख रुपैयाँ बढी जरिवाना असुल गरेको छ । गत आर्थिक वर्षमा ५२ वटा फर्म अनुगमनबाट १९ लाख ५ हजार जरिवाना असुल गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए । उपभोग्य अवधि सकिएका तथा अंकित मूल्य भन्दा बढी लिएर विक्री वितरण गर्ने फर्महरु कारवाहीमा परेको उनले बताए । पोखरेलका अनुसार ६ वटा उद्योग, फर्म र पसलको अनुगमनबाट मात्रै १३ लाख जरिवाना गरिएको छ । जैसानी टे«ड कन्र्सनलाई ३ लाख, विके मसला, सेन्ट्रल बजार, अंश लघु घरेलु उद्योग, विज्ञान फार्मेसी र विविता सर्जिकल हाउसलाई २–२ लाख जरिवान गरिएको छ ।&n

    • प्रकाशित मितिः श्रावण ६, २०७८
    • ५६१ पटक पढिएको
  • मोरङमा कर बुझाउनेको उत्साहजनक सहभागीता

    विराटनगर-  मोरङका करदाताले कर बुझाउन  संकटको समयमा समेत उत्साहजनक सहभागीता देखाएका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/२०७८ मा २८ प्रतिशतले कर असुली बृद्धि गरेको कार्यलयले जानकारी दिएको छ । गत आवका लागि ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार लक्ष्य तोकिएकोमा ८ अर्ब ९३ करोड ३७ लाख ७६ हजार अर्थात समग्रमा १०१ प्रतिशत असुली भएको हो । कोरोना संक्रमणको सन्त्रासका कारण गत वर्षपनि अघिल्लो वर्ष झैं अन्तः शुल्क भने प्रभावित देखिएको छ । अन्तःशुल्कतर्फ ६४ प्रतिशत अर्थात ४ अर्ब ५१ करोड ३७ लाख ४ हजारको लक्ष्यमा २ अर्ब ८७ करोड २८ लाख ५० हजार रुपिँया मात्रै

    • प्रकाशित मितिः श्रावण ३, २०७८
    • ४१३ पटक पढिएको
  • पूँजीगत खर्च तर्फ प्रदेश १ को बजेट ६१ प्रतिशत मात्रै

    विराटनगर-  प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७।०७८ मा ६४.७६ बजेट खर्च गरेको छ । प्रदेश सरकारले गत वर्षका लागि ४३ अर्ब ४० करोड, ८५ लाख  ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । कूल बजेट मध्ये २८ अर्ब ११ करोड ३३ लाख ३७ हजार खर्च भएको छ । खर्च कूल बजेटको ६४.७६ प्रतिशत हो । प्रदेश १ कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा ६१.७१ प्रतिशत विकास (पूँजीगत) बजेट खर्च भएको छ । पूँजीगत तर्फ २७ अर्ब ७६ करोड १७ लाख ३१ हजार बजेट विनियोजन भएको थियो । जसमध्ये १५ अर्ब ८९ करोड ८४ लाख २४ हजार दुई सय २० रुपैयाँ खर्च भएको हो । चालु खर्चतर्फ १७ अर्ब ६० करोड ६८ लाख १९ हजार बजेट विनियोजन भए

    • प्रकाशित मितिः श्रावण २, २०७८
    • ४४१ पटक पढिएको
  • सरकारले स्वेतपत्र जारी गरेपछि नयाँ बजेटबारे सोचिने

    विराटनगर-अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थतन्त्रको वास्तविक जानकारी दिने उद्देश्यले श्वेत पत्र ल्याउने घोषणा गरे । साढे तीन वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि आफू अर्थमन्त्री बने लगत्तै श्वेत्रपत्र ल्याएको थिए । उनले श्वेत पत्रमा उल्लेख गरेका वित्तीय सूचकहरुबारे चर्को आलोचना समेत भएको थियो ।केपी ओली पदमुक्त भइ फेरि देउवाको नेतृत्वमा सरकार गठन भए लगत्तै अर्थमन्त्री शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका हुन् ।उनले अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संसदमा पेश गर्ने पनि बताए । उनले अध्ययनपछि

    • प्रकाशित मितिः श्रावण १, २०७८
    • २३३ पटक पढिएको
  • नयाँ व्यवसायी र उद्योगी जन्माउन उद्योग संगठनले ल्यायो नयाँ कार्यक्रम

    विराटनगर-उद्योग संगठन मोरङले नयाँ व्यवसायी र उद्योगी जन्माउन टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गरेको छ । यसले पहिलो चरणमा २० जना यूवाको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्ने छ । व्यवसाय र उद्यम गर्न चाहने यूवाहरुलाई सबैखाले सहयोग उद्योग संगठनले उपलब्ध गराउने छ । कार्यक्रमको शुभारम्भ गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले युवाहरुको नविनतम सोच र अवधारणालाई व्यवसायमा परिणत गर्दै व्यवसायीक क्षेत्रको ईको सिस्टम विकास गर्ने अभिप्रायका साथ संगठनले महत्वकांक्षी योजनाका रुपमा स्र्टाटअप तथा ईनोभेशन कार्यक्रमलाई प्रारम्भ गरेको वताए । संचालनमा रहेका उद्योग व्यवसाय प्रवद्र्धनका साथै नयाँ उद्यमीक

    • प्रकाशित मितिः असार ३१, २०७८
    • ५७९ पटक पढिएको
  • देउवा सरकारलाई पूर्ण बजेट ल्याउन दुई महिना लाग्ने

    विराटनगर-अध्यादेश मार्फत पूर्ण बजेट ल्याउनु हुदैन भनेर विरोध गरिरहेको दलनै अहिले सत्तासिन भएपछि ओली सरकारले ल्याएको बजेट खारेज हुने सम्भावना बढेको छ । बजेटको बैधताको बिषयमा सर्बोच्च अदालतले समेत प्रश्न उठाएपछि ओली सरकारले ल्याएको महत्वकांक्षी चुनावी बजेट संकटमा परेको छ ।  कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत भन्छन् कामचलाउ सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउनु सरासर गलत भएको आफुले पहिले देखिनै भन्दै आएको बताउछन । उनी भन्छन‘हो, यसकारण नयाँ सरकार बन्नेबित्तिकै यो रद्द हुन्छ भनेर मैले सुरुदेखि नै भन्दै आएको हो । अहिले अदालतको फैसलाले पनि त्यसलाई पुष्टि गरेको छ।’नयाँ आर्थि

    • प्रकाशित मितिः असार ३१, २०७८
    • ३३७ पटक पढिएको
  • सरकार निर्यात व्यापार बढाउन नीजिक्षेत्रसंग हातेमालो गर्न तयार : उद्योग सचिव भट्टराई

    विराटनगर-सरकार निर्यात व्यापार बढाउन नीजीक्षेत्रसंग हातेमालो गरेर अघि बढ्न तयार रहेको उद्योग बाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताएका छन । उद्योग संगठन मोरङले बुधबार गरेको ‘निर्यात प्रवद्र्धन सम्भावना र चुनौतिहरु’ विषयक अन्तरक्रियामा उद्योगीहरुको गुनासो सुनिसकेपछि प्रतिक्रिया दिदै सो कुरा बताएका हुन । अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारले निर्यातमुलक उद्योगहरुले भोग्दै आएका नीतिगत, प्रकृयागत समस्याहरुर समाधान गरी निर्यात व्यापारलाई वढावा दिदै देशको वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउन उद्योगी व्यवसायीले सचिव भट्टराई समक्ष अनुरोध गरेका थिए । सचिव भट्टराईले नीतिगत, प्रकृयागत सु

    • प्रकाशित मितिः असार ३१, २०७८
    • ३५८ पटक पढिएको
  • देउवा सरकारले नयाँ बजेट ल्याउने

    विराटनगर-बजेट अधिवेशन एकाएक भंग गरेर ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट खारेज गरि देउवा सरकारले संसद भित्रबाटै बजेट ल्याउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार सर्बोच्च अदालतले समेत चलिरहेको संसद विघटन गरि अध्यादेश मार्फत ल्याइएको बजेट प्रति प्रश्न उठाएपछि सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको हो । कोरोनाको कारण थला परेको अर्थतन्त्रलाई झन भार थप्नेगरि ल्याइएको बजेटले संचित कोषको रकम खर्च गर्ने र ऋण थोपर्ने काम मात्र गर्ने भएकाले चुस्त किसिमको बजेट ल्याउने तयारी भइरहेको स्रोतले बतायो । स्रोतका अनुसार कोरोना महामारीमा परेको जनता, नी

    • प्रकाशित मितिः असार ३०, २०७८
    • ६१९ पटक पढिएको
  • चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य विद्युत आयोजना तयार

    विराटनगर-प्रदेश २ को रौतहटस्थित चन्द्रनिगाहपुरमा ४ मेगावाट विद्युत उत्पादन गर्ने सौर्य विद्युत आयोजना तयार भएको छ । अपि पावर कम्पनी लिमिटेडले संचालनमा ल्याएको यस आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो ।कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञाहरुको अवरोध भएपनि आयोजना तोकिएको ४ महिना समय भित्रै तयार भएको कम्पनीले दाबी गरेको छ ।आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोड्ने तयारी भएको छ । यो नेपालमा निजि क्षेत्रले संचालनमा ल्याएको र ग्रिडसँग जोडिएको तेस्रो सौर्य विद्युत आयोजना

    • प्रकाशित मितिः असार २९, २०७८
    • ४२० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल