विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दामा ८ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । कर्तव्य ज्यान मुद्दामा न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार ८ जना प्रतिवादीलाई दोषी ठहर गर्दै भिन्दाभिन्दै सजाय तोकेको छ । प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैद सजायको फैसला भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने
विराटनगर- वन्यजन्तुको अंगजस्तो देखिने वस्तु सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट गय राति उक्त वस्तु बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए । शंकास्पद अवस्थामा भारतबाट नेपाल प्रवेश गरेको को २ च ९६४८ नम्बरको मारुती भेन रोकेर राति ८ बजेतिर खानतलासी गर्दा भेनको डिक्कीमा उक्त बस्तु भेटिएको हो । एसपी पौडेलका अनुसार बरामद भएको बस्तु कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टाजस्तो देखिन्छ । कछुवाको हड्डीजस्तो वस्तु २८ पिस र वन्यजन्तुको नली खुट्टाजस्तो देखिने वस्तु १० पिस फेला परेको हो
विराटनगर - मोरङ उर्लाबारीका सनम शाक्य हत्यासँग जोडिएको करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाको फैसला मंगलबार हुँदैछ । जिल्ला अदालत मोरङले मुद्दाको फैसला गर्नेछ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासबाट गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थियो । अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले प्रतिवादी र वादी नेपाल सरकार पक्षका कानुन व्यवसायीबीच प्रतिरक्षा एवं प्रतिउत्तर बहस दुई दिनअघि नै सकिएकाले आज मुद्दाको फैसला हुने बताए । उनका अनुसार अन्तिम तयारी भइरहेकाले कुनै प्राविधिक समस्या नआएमा दिउँसोसम्ममा मुद्दाको फैसला हुने छ । अघिल्लो आइतबारबाट मोरङ अदालतमा मुद्दाको अन्ति
विराटनगर- प्रहरीले एक जना भारतीय नागरिकलाई बालक अपहरण गरेको आरोपमा विराटनगरबाट पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बालकलाई अपहरण गरेर भारत लैजान लागेको खुलेपछि भारत अररियाका ४० वर्षीय राजु मण्डलाई पक्राउ गरिएको बताए । उनका अनुसार विराटनगर महानगरपालिका–८ अशोक चोकका १२ वर्षीय रोहित शर्मालाई अपहरण गरेर भारततिर लैजाँदै गरेको भनेर मण्डलविरुद्ध किटानी जाहेरी परेको छ । रोहितका बुवा ३५ वर्षीय श्याम शर्माले मण्डलविरुद्ध जाहेरी दिएकाछन । प्रहरीले मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउनलाई अनुसन्धान अघि बढाउन सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेको छ । बालकलाई अप
विराटनगर- लगभग ३८ क्वीन्टल सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्यको हत्या सम्बन्धी मुद्दाको फैसला जिल्ला अदालत मोरङले गर्दैछ । प्रतिवादी पक्षका कानुन व्यवसायी र वादी नेपाल सरकारतर्फका कानुन व्यवसायीको प्रतिरक्षा तथा प्रतिउत्तर बहस न्यायाधीश भरत लम्सालको इजलासमा सकिएको छ । अन्तिम सुनुवाइ सकिएकाले मुद्दा फैसलाको तयारी भइरहेको अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जङ्ग राणाले बताए । उनका अनुसार दसैंअघि मुद्दाको किनारा लगाउने तयारी भएअनुरप सम्भव भए आज, भोलि मुद्दाको फैसला हुने छ । दसैं बिदाका कारण बुधबारदेखि काम बन्द हुने भएकाले पनि अदालतले मुद्दा फैसलाको तयारी गरिरहेको हो । मुद्दामा मुख्य अभियुक्त
विराटनगर- विराटनगरमा बालिकामाथि बलात्कारको प्रयास गरिएको घटनामा संलग्न एक पुरुषलाई प्रहरीले घटना भएको तीन सातापछि पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–४ का ५० वर्षीय लभ कोइरालालाई आज बिहान पक्राउ गरेको हो । कोइरालाले छिमेकी ११ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कोइरालाले गत भदौ २२ गते दिउँसो बालिकामाथि जबरजस्तीको प्रयास गरेको खुलेको हो । बालिकालाई कोठाभित्र लगेर कोइरालाले जबरजस्ती कपडा खोल्न थालेपछि अर्की छिमेकी ५ वर्षीया बालिका त्यहाँ पुगेको पाइएको छ । ५ वर्षीया बालिका पुगेपछि ११ वर्षीया बालिका बलात्कृत
विराटनगर- ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दामा शुक्रबार १८ जना प्रतिवादीको पक्षमा बहस भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको प्रतिरक्षामा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र सुरेशलाल श्रेष्ठसहितका कानुन व्यवासायीले बहस गरे । अभियुक्तको बचाउमा अधिवक्ताहरु भरतबहादुर थापा, उद्धवचन्द्र घिमिरे, पुरुषोत्तम नेपाल, हरिनारायण चौधरी, रमिता महर्जन, लक्ष्मण शर्मा न्यौपाने, विनोद तिमल्सिना, खगेन्द्र ढकाल, विकाश थापा, केदारप्रसाद दाहाल र अपूर्व भण्डारीले बहस गरेको मोरङ अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले
विराटनगर- ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दामा बिहिबार १५ जना कानुन व्यवसायीले बहस गरेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा प्रतिरक्षा बहस गर्नेमा दुई जना वरिष्ठ अधिवक्ताहरु पनि थिए । जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनसार १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बिहिबार बहस गरेका हुन् । उनका अनुसार वरिष्ठ अधिवक्ताहरु सुरेशलाल श्रेष्ठ, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु सागर घिमिरे, भरतबहादुर थापा, देवीबहादुर घिमिरे, बलराम सुवेदी, हेमराज पन्त, ज्ञानेन्द्र था
विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण एवं करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दामा बुधबार १३ जना कानुन व्यवासायीले प्रतिवादीका पक्षमा बहस गरेका छन् । १३ जना कानुन व्यवसायीले मुद्दामा प्रतिवादी बनाइएकामध्ये दुई प्रहरी अधिकारीसहित १४ जना प्रतिवादीको प्रतिरक्षामा बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार अधिवक्ताहरु विनोद तिमल्सिना, विकाश थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुइँटेल, ज्ञानेन्द्र थापा, भरतप्रसाद खरेल, रमेश महर्जन, शान्तिराम भण्डारी, रामप्रसाद भाण्डारी, अमरबहादुर राउत र रामबहादुर शर्माले प्रत
विराटनगर-करिब ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका क्रममा मंगलबार एक जना प्रतिवादीका पक्षमा मात्रै बहस भएको छ । मुद्दामा प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाको प्रतिरक्षामा वरिष्ठ अधिवक्ता रमेश कोइरालाले बहसगरे । निरौलाको पक्षमा हिजो अधिवक्ता भानुभक्त निरौलाले पनि बहसगरे । बहसका क्रममा वरिष्ठ अधिवक्ता कोइरालाले सुन तस्करी एवं सनम हत्यामा पूर्वडीआईजी निरौलाको संलग्नता नरहेको जिकिर गरे । उनले लगभग साढे २ घण्टा बहस गर्दै निरौलाले सफाइ पाउनुपर्ने बताए । फैसलाको चरणमा रहेको मुद्दाको सुनुवाइ जिल
विराटनगर-मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला ...
विराटनगर-मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निर्वाचनका बेला जनताका बिचमा गरेको प्रतिबद्धता ...
Copyright © 2021 / 2023 / Khabarpalpal.com / All Rights Reserved.