विराटनगर - मोरङको कर्सीयामा सोमबार दिउसो गोली चलेको छ ।  सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो । गोली लागेर बैङ्कको गार्ड घाइते भएका छन् ।

सोमबार दिउँसो लुटेरा समूहले चलाएको गोली लागेर सुरक्षा गार्ड ३७ वर्षीय सितल कुँवर गम्भीर घाइते भएका हुन् । उनी रङ्गेली नगरपालिका २ का बासिन्दा हुन् । पारिवारिसक स्रोतका अनुसार उनले एक महिना अघिबाट गार्डको काम सुरू गरेका  थिए । घाइते कुवरलाई विराटनगरको न्यूरो अस्प्तालमा भर्ना गरिएको छ ।

अस्पाल स्रोतका अनुसार उनको सरिरको कुमदेखि माथि गोली लागेको छ । बैङ्क लुट्न आएको समूहले गोली चलाएर भागेको प्रहरीले बताएको छ । प्रहरीले लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रबाट पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन ।