विराटनगर,- नेपाली कांग्रेसको विराटनगर महानगरपालिकाको सभापतिमा चार जना युवा नेताले दाबी गरेकाछन । कोइराला परिवारको प्रभाव क्षेत्र मानिने विराटनगर प्रदेश १ को एउटा मात्रै महानगरपालिका हो । नगर सभापतिमा कांग्रेसका युवा नेता दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्ण कार्कीले उम्मेदवारी दिने तयारी गरेकाछन । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आकांक्षीका लागि मनोनयन गर्दा गराउन शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्मलाई तोकिएको छ । निर्वाचनबाट ४ वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ । महानगरको सभापतिमा दाबी प्रस्तुत गर्नेमध्ये चापागाईं र अरुण न्यौपाने विराटनगर–२ का, कार्की विराटनगर–३ र सन्तो
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो । मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए । उनका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बु
विराटनगर- मोरङमा नेपाली कांग्रेसको पालिका (गाउँ/नगर) अधिवेशन रोकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार पालिका स्तरीय अधिवेशनको मिति तय भएको थियो । वडा अधिवेशन सम्पन्न भएका विभिन्न जिल्लामा पालिका अधिवेशन भइरहे पनि मोरङमा भने रोकिएको छ । मोरङ जिल्लाका निर्वाचन अधिकृत केदार कार्कीका अनुसार वडा अधिवेशनको नतिजा समयमै सार्वजनिक गर्न नसकिएकाले र पार्टीले गरेका केही महत्वपूर्ण निर्णयसँगै शनिबार जिल्लाभित्रका गाउँपालिका, नगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न नसकिएको हो । मोरङमा १ सय ५९ वटा वडा छन् । यो समाचार तयार पर्दासम्म अधिवेशन भएकामध्ये १ सय ७ वटाको मात्रै मतगणनाको अन्तिम परिणाम
काठमाडाैँ— प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताए । नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिए । शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’नेता बादलले पुष्पकमल दाहाल पार्टी लाईन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी
सत्तारूढ दल नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । बैठकले भोलि शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिङ्गो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
विराटनगर- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राज्यले षडयन्त्र गरेर फसाएको बताएकाछन । विराटनगर विमान स्थलमा बिहिबार सञ्चारकर्मीहरुसँगको भेटघाटमा आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको भन्दै जनताको हक अधिकारका लागि लड्ने आफु विरुद्ध अख्तियार मतियार भएर काम गरेको गुनासो गरे । मन्त्रिपरिषद्को निर्णय माथि अख्तियारले कारवाही गर्न नमिल्ने र यदि कारवाही नै गर्नु पर्ने भएमा मन्त्रिपरिषद् माथि कारवाही गर्नु पर्ने तर्क गर्दै उनले ५० वर्षको राजनीतिक यात्रामा लागेको आफु थारुको छोरा आदिवासी माथि अख्तियारले अन्याय गरेको धारणा व्यक्त गरे । १९ महिना पछि बिहिबार राजनीतिक कर्म थलो
विराटनगर - नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत विराटनगर–६ को वडा अधिवेशन मनदान अधिकृतको लापर्वाहीका कारण स्थगीत भएको छ । उमेद्वारी दर्ता गराएका उमेद्वारको नाम नै मतपत्रमा समावेश नगरिएको भन्दै उत्पन्न विवादपछि निर्वाचन बिहीबारका लागि सारिएको छ ।मतदान अधिकृत डिल्ली दाहालले भने मतदाताले लगाएको आरोपको खण्डन गरेकाछन । मनोनयनपत्र र रजिष्टरमा उल्लेख गरिएको नामका आधारमा ब्यालेट बनेको छ, मतदान अधिकृत दाहालले भने–मनोनयन नै नगरेका व्यक्तिहरुले आफू पनि उमेद्वार भएको दावी गरेर निर्वाचन रोक्नु परेको हो ।विराटनगर–६ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालयमा बुधबार बिहान ८ः३० बजेदेखि मतदानको समय तोकिएको थियो ।
विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकताको मोरङ जिल्ला अधिवेशनवाट निर्वाचित अध्यक्ष लगायत सदस्यहरुलाई सोमबार सपथ ग्रहण गराइएको छ । राप्रपा मोरङको सोमबार भएको भेलाले गएको भदौ २८ गते सम्पन्न अधिवेशनले अध्यक्षमा माधवप्रसाद आचार्य सहित ४१ सदस्यीय कार्य समिति सदस्यहरुलाई सपथ ग्रहण गराइएको राप्रपा केन्द्रीय तराई मधेश प्रमुख दिनेश शाहले जानकारी दिए । निर्वाचनमा अध्यक्ष आचार्यले श्यामबहादुर कार्कीलाई पराजीत गरेकाछन ।राप्रपा जिल्लाको प्रथम बैठकले राप्रपाका जिल्ला भातृ संगठनहरु पूर्व प्रहरी परिषद्को संयोजकमा बिनेश्वर श्रेष्ठ,दलित संग
काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा एवम् कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सातौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।देशमा आमनागरिकको परिवर्तनको आवश्यकता, सशस्त्र संघर्ष, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संविधानले संस्थागत गरेको बताए । संविधानको सफल कार्यान्वयन गर्दै देशमा दिगो विकास, सुशासन र विकासको लक्ष्य हासिल गर्नुपर्ने उनले बताएका छन् । संविधान कार्यान्वयनका लागि आवश्यक निय
काठमाडौँ — नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेद्वारी घोषणा गरेका छन् । काँग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गर्न लागेको जानकारी दिए । काँग्रेस सङ्खुवासभाका पूर्व पार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेद्वारी स्वाभाविक भएको बताए ।पूर्व सांसद पासाङ शेर्पाले सङ्खुवासभामा काँग्रेस नेतृत्व सर्वसम्मत बनाउनसके आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले जित्न स
विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको ...
विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको आर्थिक बर्ष २०७९÷२०८० बजेटमा प्रशोधित पाम र पामोल ...
Copyright © 2021 / 2022 / Khabarpalpal.com / All Rights Reserved.