विराटनगर-मुख्यमन्त्री पदकै लागि माधव नेपाल पक्षलाई छाडेर केपी ओली खेमामा गएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार ६७ दिनमा ढलेको छ । एमाले विभाजन हुदा १० जनाले एमाले छाडेर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि आचार्य सफतग्रहण गर्दै अल्पमतमा थिए । एमाले विभाजन भएपछि भदौ १० गते आचार्यले सपथ ग्रहण गरेका थिए । 

तर दल विभाजन भएको ३० दिन भित्र आफुसंग बहुमत छ भन्ने देखाउन विश्वासको मत लिनु पर्नेमा उनले त्यसो नगरि संवैधानिक प्रावधानलाई छल्दै आफु अनुकुल ब्याख्या गरेर ६७ दिन सम्म सरकार टिकाएका थिए । 

उनले सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन । उनले प्रदेश सभालाई सम्बोधन गर्दै बहुमत नरहेकाले आफुले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । प्रदेश प्रमुख समक्ष राजीनामा दिएपछि विपक्षीहरुको गठबन्धनबाट एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । 

एमाले विभाजित भएपछि भदौं १० गते उनी मुख्यमन्त्री बनेका थिए । पार्टी विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । तर सवैधानिक व्यवस्थालाई समते छल्दै आचार्यले ६७ दिन सम्म विभिन्न असंवैधानीक नियुक्ती गर्दै आफ्नो पद जोगाएका थिए । 

प्रदेश नं.१ को प्रदेश सभामा ९२ जना सांसद छन । बहुमतको लागि ४७ मत आवश्यक पथ्र्यो । तर आचार्यसंग ३९ मत मात्र थियो । एमालेका ४१ सांसद रहेपनि सभामुखले निणर्यक मत मात्र दिन पाउने र  एक सांसद फरार रहेकाले एमालेको ३९ मत मात्र थियो ।  

विपक्षी गठनबन्धनमा भने स्पष्ट ५० मत छ । जसमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने अहिले तटस्थ देखिएका छन ।