नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई आज १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्दै छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै उनले सोमबार ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री भीम आचार्यले सोमबार आफ्नो पदबाट दिएका थिए । भदौ १० गते मुख्यमन्त्री बनेका उनले सोमबार ६७ दिनमा पदबाट राजीनामा बुझाएका थिए ।

प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई पछि आचार्य पार्टीका तर्फबाट दोस्रो मुख्यमन्त्री बनेका थिए। एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि उनी अल्पमतमा परेका थिए । 

आचार्यले राजीनामा दिएलगत्तै  प्यासीले मङ्गलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए । राईलाई नेकपा (एस)सँगै नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका सांसदको समर्थन छ । नयाँ मुख्यमन्त्रीको शपथ आजै गर्ने तयारी गरिएको छ । मङ्गलबार नै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने नेता राईले जानकारी दिए ।