विराटनगर- प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मङ्गलबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । 

प्रदेशसभाको बैठक मङ्गलबार बस्दै छ । उक्त बैठकमा उनले विश्वासको मत लिन लागेको जनाइएको छ । यसअघि कात्तिक २३ गते बैठक डाकिएको भएपनि मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको थियो ।