विराटनगर-विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष अस्लम आलम शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट पाएर उनले वडाध्यक्ष पदमा लडेका थिए । यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि नेपाली कांग्रेसमा प्रवेश गरे । उनी पनि संघीय समाजवादी पार्टीबाट टिकट पाएर वडा सदस्य जितेका हुन् । 


उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रीत केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश पछि आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष आलमले नेपाली कांग्रेसलाई एकढिक्का र मजबुत बनाउन आफू सधै लाग्ने बताए । पछिल्लो समय नेपाली कांग्रेसमा पार्टी प्रवेश गर्ने क्रम बढेको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीता थियो ।