सङ्खुवासभा—अर्थमन्त्री जर्नादन शर्माले अहिलेको सरकार पूर्ण रुपमा संवैधानिक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सङ्खुवासभा आएका मन्त्री शर्माले यस्तो बनाएका हुन् ।

केही व्यक्तिहरुले अदालतको परमादेशबाट निर्मित सरकार भनेर टीकाटिप्पणी गरिरहेको बताउँदै जनादेश प्राप्त सांसदहरुबाट सरकार निर्माण भएको बताए ।

 प्रतिगमनकारीहरुबाट पटक पटक संसद विघटन गरी देशलाई दुर्घटनामा पुर्याउन लागेको बेला अहिलेको सरकार आएपछि लोकतन्त्र, गणतन्त्रबाट प्राप्त भएको उपलब्धिहरुको संरक्षण भएको मन्त्री शर्माले बताए ।

जनताबाट निर्वाचित प्रतिनिधीहरुबाट सरकार गठन भएकोले आफ्नो पूरा कार्यकाल सरकार सञ्चालन गर्ने र जनताको काम गर्ने मन्त्री शर्माले स्पष्ट पारे । 

सरकार सञ्चालनका लागि बनाइएको गठबन्धनको बारेमा दलहरुबीच बैठक बसेर साझा धारणा बनाइने मन्त्री शर्माले जानकारी दिए । हाल प्रधानमन्त्री देश बाहिर रहका र स्वदेश फिर्ता पछि बैठक बसेर साझा धारणा निर्माण गरिने उनले बताए ।

अहिलेसम्म सरकारमा संलग्न कुनै पनि दलले आधिकारिक निर्णय नगरिसकेको बताउँदै अहिलेको गठबन्धन निर्वाचन पछिसम्म नै रहनेसमेत बताए ।