खेलकुद

    Showing ३१-४० of ६० items.
  • अन्तिम समय थामिन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

    काठमाडौँ — एएफसी महिला एसियन कप क्वालिफायर्सअन्तर्गत आज सम्पन्न खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्बेकिस्तानस्थित स्टेडियन मजमुआसीमा सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो ।खेलमा नेपालका लागि १० औं मिनेटमा बिमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोलले अघि रहेको नेपाल दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा पराजित बन्यो ।नेपालले खेलको ८९ औं मिनेट र इन्ज्युरी समयमा गोल ब्यहोरेको थियो । ८९ औं मिनेटमा तहनाइ एन्निस र इन्ज्युरी समयमा विल्सन केमिलीले गोल गरेका थिए । नेपालले अर्को खेलमा मंगलवार हङकङसँग प्रतिस्पर्धा गर्न

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • ४९४ पटक पढिएको
  • बराबरीमा रोकियो नेपाल

    बंगलादेशसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललाई गोल रहित बराबरीमा रोकेको हो । पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो । नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो । गोलका लागि निकै संघर्ष गरेको नेपालले बंगलादेशमाथि चढेर खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । नेपालका अधिकांश प्रयासलाई बंगलादेशको डिफेन्सलाईनले विफल पारेको थियो ।सुरुआत आक्रामक गरेका दुबै टोलीले पाएका केही राम्रा अवसरलाई

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ३८३ पटक पढिएको
  • नेपालले बङ्गलादेशलाई हरायो

    काठमाडौँ — फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बङ्गलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले बङ्गलादेशी महिला टोलीलाई २–१ ले पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।विमला चौधरीको क्रसलाई सविताले बङ्गलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडर मार्फत बललाई जाली चुमाएकी थिइन् ।२३ औँ मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।सरु लिम्बुले दिएको चलाखीपूर्ण प

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • ४०४ पटक पढिएको
  • पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी

    पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । यस्तै प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले ३० रनको योगदान दिए । नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • ३४८ पटक पढिएको
  • नेपाल र पपुवा न्युगिनीबीच आज पहिलो एकदिवसीय खेल हुँदै

    काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको दुई एकदिवसीय सिरिजको खेलमध्ये पहिले खेल आज हुँदैछ । यस अघि भदौ २० र २३ मा हुने तालिका रहेकोमा त्यसलाई परिवर्तन गरेर पहिलो खेल भदौ २२ र दोस्रो खेल २५ गते गर्ने तालिका सार्वजनिक भएको थियो ।अहिले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् । यसैक्रममा पिएनजीसँग खेल्न लागेको हो ।खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुरु हुनेछ । नेपालले अन्तिम ओडिआई खेल आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु मैदान टियुमा अमेरिकासँग खेलेको थियो

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • ३५२ पटक पढिएको
  • आज नेपाल र भारतबीचको दोस्रो भिडन्त

    नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल अपराह्न ५ः३० बजेबाट सुरु हुनेछ ।यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए । जसमा नेपालका लागि अञ्जन विष्ट तथा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए ।नेपाल र भारतले माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलिरहेका छन् । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका छ। नेपाल र भारत २१औँ पटक आमने–सामने हुन लागेका हुन् । यसअघिका २० खेलमा भारतले १३ पटक जित हात पारेको छ भने नेपालले दुई खेल जित्दा पाँच खेल

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ६९५ पटक पढिएको
  • नेपाल भर्सेस भारत : नेपाली मुलका सुनिल क्षेत्री 'टाउको दुखाइ'

    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले आज मैत्रीपूर्ण फुटबल खेल खेल्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।हालसम्म भारतसितको फितलो प्रदर्शनका बाबजुद पनि नेपाली टोली जितको दाउमा छ । घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ नेपाली टोली मैदानमा प्रवेश गर्ने छ । तथापि, नेपाली टोलीका लागि टाउको दुखाइ भारतीय कप्तान सुनिल क्षेत्री बनेका छन् । नेपाली मुलका ३६ वर्षीय क्षेत्री विश्वमै नाम कमाएका कीर्तिमानी खेलाडी हुन् ।क्षेत्रीले ११८ खेलमा ७४ गोल गरेका छन् । त्यसैले नेपाली टोलीको लक्ष्य क्षेत

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • ४३९ पटक पढिएको
  • रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै गोल गर्ने खेलाडी !

    सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट खेलमा पोर्चुगलले आयरल्यान्डमाथि जित निकाल्दा २ गोल गरेका क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रि फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार राति विश्वकपको युरापियन छनोटतर्फ पोर्चुगलले आयरल्यान्डमाथि २–१ गोलको जित निकालेको थियो ।जसमा उनले  खेलको ८९औँ मिनेट र  इन्ज्युरी समयमा दोस्रो गोल गरे । यी दुई गोलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता बने । यी दुई गोलसँगै उनले राष्ट्रिय टोलीका लागि एक सय ११औँ गोल गरे । रोनाल्डोले एक सय ८० खेल खेलेका छन् ।उनले इरानका अली दाईलाई दुई गोलले उछिने । सन् १९९३ देखि २००६ बीच इरानका अली दाइले की

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • १५९ पटक पढिएको
  • जिम्बाबवेका सिकन्दर राजा विराटनगरमा आवद्ध

    एभरेष्ट प्रिमियर लिग (इपिएल) फ्रेन्चाइज क्लब विराटनगर वारियर्सले जिम्बाबवेका अलराउन्डर सिकन्दर राजालाई भित्र्याएको छ । विराटनगर वारियर्सले चौथो संस्करणको इपिएल खेल्नका लागि सिकन्दरलाई अनुबन्ध गरेको । सोमबार सामाजिक सञ्जालमार्फत विराटनगरले ३५ वर्षीय राजालाई एक सिजनका लागि अनुबन्ध गरेको जनाएको हो । यससँगै विराटनगरले टोलीमा पहिलो विदेशी खेलाडी भित्र्याएको छ । पाकिस्तानको सियालकोटमा जन्मिएका राजा सन् २००२ मा बुबाआमासँगै जिम्बाबवे सरेका थिए । दाहिने हाते ब्याट्सम्यान राजाले दाहिने हाते अफ स्पिन बलिङ गर्छन् । जिम्बाबवेका लागि १७ टेस्ट, १०५ अन्तर्राष्ट्रिय एकदिवसीय र ४२ टी ट्वान्टी अन्तर्रा

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • २४७ पटक पढिएको
  • पिएसजीको जितमा एम्बाप्पे बने नायक, डेब्यु खेलमा गोलविहीन मेस्सी

    यसै समर बार्सिलोना छोडेर फ्रान्सको राजधानी बसाइँ सरेका लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जित निकालेको छ । फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले रेइम्समाथि २–० गोलको जित निकालेको हो ।लामो प्रतीक्षापछि मेस्सीले पिएसजीबाट डेब्यु गरेका थिए । प्रशिक्षक माैरिसियो पाेचेटिनोले उनलाई उक्त खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गराएका थिए । मेस्सीले ६६औँ मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका उनी गोलविहीन बने । छोटो समयका लागि मैदान उत्रिएका कारण गोल गर्न सकेनन् । पिएसजीको जितमा भने किलियन एम्बाप्पेले दुवै गोल गरे । खेलको १६औँ मिनेटमा एम्बाप्पेले

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • १८७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल