आर्थिक

    Showing २२१-२३० of २९४ items.
  • सुन्दर हरैंचा नगरपालिकाको बजेट २ अर्ब १५ करोड

    विराटनगर-मोरङको सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय रुपैयाँको बजेट उपमेयर धनमाया तामाङले आगामी प्रस्तुत गरेकी छन ।जेसिज हलमा भएको नगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख तामाङले बजेट प्रस्तुत गर्दै सञ्चित कोषबाट निशर्ततर्फ ९४ करोड १५ लाख ७ हजार १ सय र सशर्ततर्फ अन्तरसरकारी अख्तियारीबाट ४७ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, लागत सहभागिताबाट १ करोड, सहरी शासकीय सुधार कार्यक्रमअन्तर्गत वल्र्ड बैकबाट ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । अन्तर सरकारी अख्तियारीतर्फ सामाजिक सुरक्षा तथा संरक्षणतर्फ ३० करोड ६७

    • प्रकाशित मितिः असार ९, २०७८
    • ५१४ पटक पढिएको
  • विराटनगरमा मंगलबारदेखी मध्याह्न १२ बजेसम्म सबै पसल खुला

    विराटनगर - जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकामा मंगलबारदेखी निषेधाज्ञा केही खुकुलो गरेको छ । सोमबार गरिएको निर्णय अनुसार मंगलबारदेखि असार १४ गतेसम्मका लागि थपिएको निषेधाज्ञामा दैनिक मध्याह्न १२ बजेसम्म सबै पसल खोल्न दिने निर्णय गरिएको हो ।मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञा थप भएको र मध्याह्न १२ बजेसम्म सबै पसल खुला गर्न दिने निर्णय भएको बताए । विराटनगरमा मंगलबार बिहानैदेखि सबै प्रकारका पसल खुलेका छन् । दैनिक कोरोनाका नयाँ संक्रमितको संख्या एकसय हाराहारी र कहिले त्योभन्दा कम आउन थालेको छ । तर, महानगरपालिकाभित्र सक्रिय संक्रमितको संख्या भने नौ हजारभन्दा धेर

    • प्रकाशित मितिः असार ८, २०७८
    • २९९ पटक पढिएको
  • एक केजी तरकारीको मूल्य १ लाख भारु !

    नयाँदिल्ली । समान्य तया हामीले किन्ने तरकारीको मूल्य धेरै मंहगो भयो भने २ सय किलोमा पर्न जाला अथवा तीन सय पर्न जाला तर एक किलो तरकारी मूल्य एक लाख ६० हजार नेपाली रुपैयाँ पर्छ भन्ने सुन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । तर भारतको बिहार राज्यको औरंगाबादका एक जना किसानले एउटा यस्तो तरकारी खेती शुरु गरेका छन् जसको मूल्य अन्तरराष्टिय बजारमा १ लाख भारु प्रतिकिलो रहेको छ ।यो  तरकारको नाममा हो होप सुट्स । यो खानाले स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जर्मनीमा यो खेतीको पहिलोपटक शुरुआत भएको भन्दै इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा समाचार छापेको छ । भारतका एक जना आईएस अफिसरले बिहीव

    • प्रकाशित मितिः असार ७, २०७८
    • ४९६ पटक पढिएको
  • आगामी आवमा तिनै योजनामा बजेट बिनियोजन

    विराटनगर-प्रदेश सरकारले प्राथमिकतामा राखेका र प्रदेश गौरवका रुपमा अंकित गरिएको चालु आर्थिक बर्षकै योजनाहरु कार्यान्वयन भएका छैनन । तर सरकारले पुनः बजेट मार्फत केही नयाँ योजना सहित तिनै पुराना योजनाहरुलाई निरन्तरता दिनेगरि बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक ममिला तथा योजना मन्त्री टंक आङबुहाङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याए । जुन प्रदेश सभामा छलफलमा छ । प्रदेश सरकारको बजेटको मूल स्रोत नै संघीय सरकारले दिने अनुदानलाई राखिएको छ । कोरोना महामारीको कारण स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य

    • प्रकाशित मितिः असार ५, २०७८
    • ४३१ पटक पढिएको
  • गिरोहले लुकाएको १८ किलो गाँजा विराटनगरबाट बरामद

    विराटनगर-  कारोबारीको गिरोहले लुकाएको १८ किलो लागुऔषध गाँजा प्रहरीले विराटनगरबाट बरामद गरेको छ । विराटनगर महानगरपालिका–६ ब्रह्मपुरास्थित एउटा घरबाट शुक्रबार दिउँसो प्रहरीले गाँजा बरामद गरेको हो । नेपालबाट भारततिर अवैध रूपमा गाँजा ओसारपसार र कारोबार गर्ने गिरोहका तीन जनालाई प्रहरीले हिजो विराटनगरबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतीय नागरिक सोनु यादव, सुनसरी देवानगञ्जका रन्जितकुमार यादव र धनकुटा घर भएका रुद्र राई रहेका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुले घरभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

    • प्रकाशित मितिः असार ४, २०७८
    • १,१९५ पटक पढिएको
  • बजेटमा दलितको सहभागिता न्यून रहेकोभन्दै सत्तारुढ सांसद असन्तुष्ट

    विराटनगर-  सरकारकै नियत खराब हुँदा संघ र प्रदेश सरकारको बजेटमा दलित समुदायको सहभागिता न्यून रहेको निस्कर्ष सरोकारवालाले निकालेका छन् । सत्तारुढ एमालेकै सांसदले बजेट विनियोजनमा दलित समुदायमाथि भएको विभेदप्रति असन्तुष्टि पोखेका छन् । मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ नेपाल)ले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रदेश १ की पूर्वसामाजिक विकास राज्यमन्त्री एवं सत्तारुढ एमालेकी सांसद जसमाया गजमेरले सरकारमा पुगेपछि दलितको मुद्दालाई भुल्ने प्रचलन रहेको आरोप लगाईन । दलित समुदायको उत्थान र विकास हुन नसक्नुमा सरकार नै बाधक रहेको उनको गुनासो छ । प्रदेश १ की सांसद उमिता बराइलीले नीति

    • प्रकाशित मितिः असार २, २०७८
    • ३२२ पटक पढिएको
  • बेलबारी नगरपालिकाको बोयर बाख्रा खरिद सम्झौता खारेज

    विराटनगर - मोरङको बेलबारी नगरपालिकाको ६९ औ नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि संखुवासभाबीच भएको बोयर बाख्रा खरिद सम्झौता खारेज गरेको छ ।गत जेठ ३ गते गरेको सम्झौता अनुसार मापदण्ड अनुसार बाख्रा नल्याएको सो कम्पनीसँगको ठेक्का सम्झौता खारेज गरि जमानत रकम जफत गरेर कालो सुचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्णयसमेत बैठकले गरेको छ । नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीका अनुसार नगर कार्यापालिका सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा सो प्रकरणको छानविन गर्न समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा  नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओव

    • प्रकाशित मितिः असार १, २०७८
    • ५९७ पटक पढिएको
  • प्रदेश १ को बजेट: ३२ अर्व ४६ करोड ९२ लाख

    विराटनगर– प्रदेश १ सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३२ अर्व ४६ करोड ९२ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गत बर्षको तुलनामा ८ अर्व ४३ करोड कम बजेट सरकारले ल्याएको छ । कुल विनियोजन मध्ये चालु तर्फ  १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत, पूँजीगत तर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात  ४६.३ प्रतिशत, स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा वित्तीय व्यवस्था तर्फ ३ करोडको बजेट आर्थिक मामिला तथा योजना मन्त्री टंकबहादुर आङबुहाङले  प्रस्तुत गरे । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारक

    • प्रकाशित मितिः असार १, २०७८
    • ४०९ पटक पढिएको
  • प्रदेश १ को बजेट मंगलबार दिउँसो ३ बजे प्रस्तुत हुँदै

    विराटनगर-  प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट प्रस्तुत गर्दैछ । संवैधानिक प्रावधान अनुसार बजेट प्रस्तुत हुन लागेको हो । मंगलबार दिउँसो ३ बजे प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्कबुहाङले बजेट प्रस्तुत गर्नु हुने छ । आर्थिक मामिला मन्त्रालय स्रोतले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब हाराहारीको बजेट प्रस्तुत हुने जनाएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि ३२ अर्ब हाराहारीको मात्रै बजेट आउने बताइएको छ । प्रदेशसभाको बजेट प्रस्तुत गर्ने दोस्रो मन्त्री हुने अवसर मन्त्री आङ्

    • प्रकाशित मितिः असार १, २०७८
    • १७१ पटक पढिएको
  • बोयर बाख्रा प्रकरण अख्तियारमा पुग्यो

    विराटनगर -  मोरङको बेलबारीको बोयर बाख्रा प्रकरणको विषय अख्तियारसम्म पुगेको छ । नगरपालिकाले किसानलाई बोयर बाख्रा वितरण गर्दा घोटाला भएको दाबीसहित बेलबारीका ६ जना युवाहरूले उजुरी दिएपछि यो विषय अख्तियारमा पुगेको हो । बेलबारीका सुजित बस्नेत, विपिन आचार्य, खेमप्रसाद गौतम, कमल सुब्बा, रिक्तबहादुर गुरुङ, विशाल थापाले अख्तियारको इटहरी कार्यालयमा पुगेर उजुरी दिएका हुन् । उजुरीमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, बेलबारी नगरपालिका १ का उत्तम गिरी, ग्रो अर्गानिक कृषि फर्म संखुवासभाका प्रतिनिधि भनिएका श्याम पाण्डे तथा बेलबारी गरपालिकाका अन्य जनप्रतिनिधि

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • ६३० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल