औद्योगिक तथा शैक्षिक क्षेत्रबीचको अन्तरसंवाद अभिवृद्धि गरी अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पु¥याउने अभिप्रायका साथ ‘इकोनोमिक ग्रोथ–आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेसन’ विषयक कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । उद्योग सङ्गठन मोरङअन्तर्गतको स्व महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको आयोजनामा सो कार्यक्रम भएको हो । 

कार्यक्रममा सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योग सङ्गठन मोरङ गोल्छाले देखाएको बाटोमा अघि बढेको बताउँदै मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक र शैक्षिक क्षेत्रबीचको अन्तर संवादलाई घनिभूत बनाउँदै अध्ययन अनुसन्धानका क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।

उद्योगी नवीन पोद्दारले ५८ मुलुकको आर्थिक तथ्याङ्कलाई विश्लेषण गरी तयार पारेको अनुसन्धान रिपोर्टमा आधारित कार्यपत्र प्रस्तुत गर्दै आयात प्रतिस्थापन गर्दै निर्यातलाई बढावा दिएका मुलुकले आर्थिक सम्पन्नता प्राप्त गरेको जानकारी दिए ।

तुलनात्मक लाभ र मूल्य अभिवृद्धि हुने वस्तुको पहिचान गरी निर्यात प्रोत्साहनको नीतिलाई अङ्गीकार गरेका राष्ट्र दु्रत गतिमा आर्थिक प्रगतितर्फउन्मुख भएको आफ्नो अध्ययनका आधारमा उद्योगी पोद्दारले स्पष्ट पाए । 

कार्यक्रमका प्रदेश नं १ का प्रमुख सचिव रामप्रसाद घिमिरेले सरकार, निजी क्षेत्र र विश्वविद्यालयको त्रिपक्षीय साझेदारीमा जोड दिँदै उच्च मूल्य अभिवृद्धिको सम्भावना भएका वस्तुको पहिचान गरी आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्नेमा जोड दिए ।

प्रा डा प्रमोदकुमार झाले न्यायसङ्गत आर्थिक विकासलाई अँगाल्दै अध्ययन अनुसन्धानका आधारमा नयाँ सम्भावना खोजी आर्थिक समृद्धि हासिल गर्नुपर्ने धारणा राखे ।

अनुसन्धान केन्द्रका संयोजक प्रा डा विजु थपलिया, सदस्य युक्ति गोल्छा, सदस्य सचिव चुडामणि भट्टराई, स्थानीय स्रोत व्यक्ति प्रीति कोईराला भट्टराई एवं उद्योगी, व्यवसायी, प्राध्यापक र विद्यार्थीको सो कार्यक्रममा सहभागिता थियो ।