विराटनगर–नेपाली कांग्रेसको वडा अधिवेशनले विराटनगर महानगरपालिका वडा नम्बर ४ को वडा सभापतिमा यूवा नेता अर्जुन चुडाल सहित ११ जना निर्विरोध निर्वाचत गरेको छ ।
यस अघि वडाका अग्रज नेता राजकुमार तबदार सभापति रहेका थिए । तबदारले आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरि समयमा नै वडा अधिवेशन गराई नेतृत्व हस्तान्तरण गरेका छन । तबदारको पालामा विपन्नलाई राहत वितरण, सदस्यता विस्तार, अग्रज र प्रजातन्त्र सेनानीलाई सम्मान लगायतका कार्यक्रमहरु सम्पन्न भएका थिए ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा दीलिप चौधरी, महिला उपसभापतिमा शुष्माकुमारी चौधरी, सचिवमा यूवा नेता सुभाष भण्डारी, सहसचिवमा कपिलदेव गिरी निर्वाचित भएका छन । त्यसैगरि सदस्यहरुमा श्यामनारायण यादव, दीपक गोसाई, लिलबहादुर भण्डारी, रामदेव राजवंशी, तेतरी राजवंशी, गयाप्रसाद मण्डल, गणेशबहादुर मगर, मातृका कोइराला, हरि उराँव, हरिबहादुर विष्ट र सुधिर कुमार दुलाल रहेका छन ।

वडा अधिवेशनबाट अग्रज नेताहरु सहित ६० जना क्षेत्रीय प्रतिनिधिपनि सर्बसम्मत निर्वाचित भएका छन । जसमा चुमनारायण तबदार, डा.प्रमिला गच्छदार, राजकुमार तबदार, सन्जय मण्डल, काशीनाथ चुडाल, डा.सीता घिमिरे, बिनयहरी दाहाल, वेदराज पौडेल, देवचन्द्र घिमिरे लगायत ६० जना निर्विरोध निर्वाचित भएका छन ।
