विराटनगर-पछिल्लो समय बैंकहरुले ब्याजदर घटाएको भन्दै विराट ब्यापार संघले त्यसको विरोध गर्दै ब्याजदर डबल डिजिटमा बढ्न नहुने भन्दै अर्थमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ । सोमबार विराट ब्यापार संघका अध्यक्ष सुजन थापाको नेतृत्वमा जिल्ला प्रशासन पुगेको उद्योगी व्यवसायी तथा व्यापारीको टोलीले प्रजिअ काशिराज दाहाल मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन । 

कोरोना महामारीको कारण विश्व आक्रान्त बनेको र नेपालको निजी क्षेत्रपनि तहसनहस भएको अवस्थामा सरकारले राहत दिनको साटो उल्टो बैंकहरुले ब्याजदर बढाएकाले तत्काल बढाएको ब्याजदर घटाउन आफुहरुले माग गरेको संघका अध्यक्ष सुजन थापाले बताए । उनले सरकारले कोभिड न्युनिकरणको उद्धेश्यसहित जारी गरेको लकडाउन र निषेधाज्ञा पालना गर्ने क्रममा उद्योगि ब्यवसायीहरु धराशायी भएको उल्लेख गरे । धराशायी भएको औद्योगिक क्षेत्रलाई माथि उकास्न सरकारले विभिन्न सुविधाको प्याकेज ल्याउने पर्ने समेत उनले माग गरे । 


ज्ञापन पत्रमा उद्योगि ब्यवसायीहरुले कोभिडको कारण भारी क्षति बेहारिसकेको अवस्थामा पछिल्लो समय बैंकहरुले कर्जामा ब्याजदर बृद्धि गरेका कारण ब्यापारीहरु थप आहत भएको जानकारी गराइएको छ । रुग्ण भएका उद्योगहरुलाई पुनरुत्थान गर्नु राज्यको दायित्व भएकाले ब्याज दर लगायतका समस्यालाई सहजिकरण गरिदिन उद्योगिहरुले पठाएको ज्ञापनपत्रमा उल्लेख छ ।


ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारीले उद्योगिहरुले बुझाएका ज्ञापनपत्र सम्बोधनका निम्ति सम्बन्धित मन्त्रालयमा पठाईने जानकारी दिए । उद्योगिहरुले सोहि ब्यहोरा उल्लेख गर्दै नेपाल राष्ट्र बैंकका गर्भनरलाईृ समेत ज्ञापनपत्र पठाएका छन । विराटनगरस्थित राष्ट्र बैंकको कार्यालय मार्फत गर्भनरलाई ज्ञापनपत्र पठाइएको हो ।