All Posts By खबर पलपल

    Showing १९१-२०० of १,०४२ items.
  • संखुवासभा हत्याको अनुसन्धान नै अलमलमा

    विराटनगर-  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा एकै परिवारका छ जनाको बीभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको आज पाँचौं दिन  भएको छ । बौदमान कार्कीको परिवारनै सखाप बनाएको घटनामा प्रहरीले कुनै सुराक नपाउँदा अनुसन्धान अलमलमा परेको छ । हत्यारा पत्ता लगाउन कठिन र असहज भइरहेको छ । भौगोलिक विकटता, निरन्तरको वर्षा, संचार र यातायातको असुविधा प्रभावकारी अनुसन्धानका बाधक बनेका छन् । घटना सार्वजनिक भएदेखि नै विशेषज्ञसहित प्रहरीको दक्ष एवं अनुभवी अनुसन्धानकर्ताहरु घटनास्थलमा खटिएका छन् । तर अहिलेसम्म घटनामा मजवुत प्रमाण जुट्न नसक्दा हत्याराको पहिचान र पक्राउ मुस्किल बनिरहेको छ । घटनाक

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • २९७ पटक पढिएको
  • मोरङ र संखुवासभामा दुर्घटना हुँदा २ को मृत्यु

    विराटनगर- सुनसरीको रामधुनीमा गय राति मोटरसाइकल दुर्घटना हुँदा मोरङको कानेपोखरी घर भएका एक युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाइकल रामधुनी नगरपालिका–६ मा आँफै अनियन्त्रित भएर राति ११ः५० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको कानेपोखरी गाउँपालिका–६ का १८ वर्षीय रीतिक राईको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कानेपो

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ३५६ पटक पढिएको
  • काङ्ग्रेस प्रवक्ता शर्माले गरे महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

    नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एक सय आठाैँ बिपी जयन्तीका अवसरमा बिपी सङ्ग्रहालय सुन्दरीजलमा बिहीबार आयोजित कार्यक्रममा प्रवक्ता शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।कार्यक्रममा प्रवक्ता शर्माले मुलुकको विकास र समृद्धिका लागि नेपाली काङ्ग्रेसले युवाको भावनालाई सम्बोधन गर्ने बताए । नेता शर्माले देशव्यापी रूपमा काङ्ग्रेसमा नयाँ जोस र उत्साह थपिएकोले बिपी कोइरालाको इच्छा पूरा गर्न यो उत्साहले थप सहयोग गर्ने उल्लेख गरे ।बिपी कोइरालाले देश समृद्ध बनाउने हो भने तीन पटक लगातार काँग्रेसले जित्नु

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • ४९० पटक पढिएको
  • नेपालले बङ्गलादेशलाई हरायो

    काठमाडौँ — फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बङ्गलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले बङ्गलादेशी महिला टोलीलाई २–१ ले पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।विमला चौधरीको क्रसलाई सविताले बङ्गलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडर मार्फत बललाई जाली चुमाएकी थिइन् ।२३ औँ मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।सरु लिम्बुले दिएको चलाखीपूर्ण प

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • ४१४ पटक पढिएको
  • काँग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज

    काठमाडौं— नेपाली काँग्रेसको आगामी १४ औं माहाधिवेशन रोक्न माग गर्दै दायर रिट खारेज भएको छ ।नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशका सासंद नरोत्तम बैद्यले कोरोनाका कारणले अधिवेशन रोक्नु पर्ने माग गर्दै दायर गरेका थिए । बिहीबार सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासबाट रिट खारेज गर्ने फैसला गरेको सार्वोच्च अदालतको दैनिक पेसीसूचिमा उल्लेख छ ।

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • २२८ पटक पढिएको
  • विराटनगरमा ४३ सहित प्रदेश १ मा ३४९ जनामा कोरोना संक्रमण

    विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४९ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, धनकुटामा ६, इलाम र उदयपुरमा ४–४, पाँचथर र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।झापाको दमकमा २१, शिवसताक्षी र विर्तामोडमा १०–१०, भद्रपुरमा ८, कनकाईमा ७, मेचीनगरमा ५, अर्जुनधारा र झापा गाउँपालिकामा ३–३, बुद्धशान्ति, बाहृदशी, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, मोरङको विराटनगरम

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • १७९ पटक पढिएको
  • ट्र्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाइते

    सोलुखुम्बुमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका–८ दिप्लीघाटमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफैँ दुर्घटना हुँदा उदयपुर कटारीका २६ वर्षीय रमेश राउतको मृत्यु भएको हो ।बुधबार बिहान १० बजे भएको उक्त दुर्घटनामा चालक राउतको घटनास्थलमानै मृत्यु भएको हो । यस्तै, सहचालक खोटाङ ऐसेलुखर्क–३ का १८ वर्षीय प्रदीप दाहाल सामान्य घाइते भएको छन् उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।हिजो बिहान १० बजे सल्लेरीबाट सोताङतर्फ जाने क्रममा आफैँ अनियन्त्रित भई सडकदेखि १० मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरी चौकी मुक

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • ३१४ पटक पढिएको
  • आज हरितालिका तीज, हर्षल्लासका साथ मनाइँदै

    विराटनगर - आज (बिहिबार ) हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् ।बिहिबार दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्लो वर्ष तीजमा कुनै भीडभाड थिएन । यो वर्ष भने सरकारले सामूहिक भेला हुनबाट रोकेको छैन । पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् ।सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्व

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • २४० पटक पढिएको
  • नारी-पुरुष दुवैले लिनुपर्छ तीजमा व्रत !

    काठमाडौं—शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ,भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • २३८ पटक पढिएको
  • एमसीसीले नेपाललाई पठायो जबाफ : उपाध्यक्ष र नायब उपाध्यक्ष आज काठमाडौँ आउँदै

    काठमाडौँ—अमेरिकी सरकारबाट मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत नेपाललाई प्रदान गरिने ५० करोड अमेरिकी डलर अनुदान सहयोगबारे नेपाल सरकारबाट सोधिएका प्रश्नको जबाफ मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)ले दिएको छ । अर्थमन्त्रालयमार्फत सोधिएका एकीकृत स्पष्टीकरण प्रश्नमा नेपालस्थित अमेरिकी दूतावासमार्फत मिलेनियम च्यालेन्ज कर्पोरेसनका जवाफ शीर्षकमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा दिइएको हो । एमसीसीका उपाध्यक्ष फातेमा जेङ सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरी प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई बोधार्थ दिइएको जवाफमा सरकारले सोधेका सबै ११ प्रश्नको बुँदागत जवाफ दिइएको छ । सरकारले अर्थमन्त्रालयको

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • २५९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल